
तिलोत्तमा, ११ पौष २०७७। रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर २ मा रहेको शंकरनगर दुर्गादत्त माविको बिज्ञान प्रयोगशाला र स्वास्थ्य इकाईको उद्घाटन भएको छ। सो समारोहको उदघाटन गर्दै नगरप्रमुख बासुदेव घिमिरेले अब सामुदायिक विद्यालयले पनि आधारभूत आवश्यकतासंगै शैक्षिक गुणस्तरका लागि एक कदम अघि बढेर विद्यार्थीको ब्यबहारिक शिक्षामा जोड दिने बताउनुभयो। उहाले सामुदायिक बिद्यालय प्रति सबैको चासो बढेको र शैक्षिक गुणस्तर पनि थप सबल बनिरहेको अवस्थामा कुनै पनि कुरा या आवश्यकताबाट बन्चित हुन नपर्ने बताउनुभयो। कार्यक्रममा स्वास्थ्य इकाईका सामाग्री साथै बिज्ञान प्रयोग शालाको लागि चाहिने सबै सामाग्रीको अबलोकन गरिएको थियो।
नगरपालिकाको ६ लाख ५० हजार सहयोग अनुदानमा स्थापित प्रयोगशाला र संघिय बजेट तथा नगरपालिकाको सहयोगमा निर्माण भएको स्वास्थ्य इकाईको स्थापना गरिएको हो। बिद्यालयका अध्यक्ष उमानाथ कंडेलको अध्यक्षता तथा प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेयको स्वागत रहेको कार्यक्रमको संचालन शिक्षक प्रकाशलाल श्रेष्ठले गर्नुभएको हो। कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेसंगै वार्ड नम्बर-२ का अध्यक्ष दधिराम गौतम , वार्ड नम्बर-१ का तामानाथ पाण्डे , बिद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेय, ब्यबस्थापन समितिका अध्यक्ष उमानाथ कंडेल ,तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका अधिकृत केशव भट्टराई, स्थानिय समाजसेवी , शिक्षक , अभिवाबक , बिद्यार्थीको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्