लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घरघरमा हामीद्वारा सडक मानवहरुलाई सिरक-डसना वितरण

IMG

पुस ११, तिलोत्तमा। जाडो दिनानुदिन बढ्दै गएपछि अहिले सडकमा बस्न बाध्य व्यक्तिहरुको सेवामा न्यानो माया सहित "घरघरमा हामी" पुगेको छ। लुम्बिनी प्रदेश सभा अगाडी सडकपेटीमा रहेका बेसाहारा सडक मानवहरुलाई 'घरघरमा हामी' अभियानले सिरक-डसना सेट वितरण गरेको छ । सामाजिक अभियानको सारथी घरघरमा हामी अभियानको 'न्यानो कपडा वितरण' अन्तरगत सो कार्यक्रम गरिएको संस्थाका संयोजक शिव डुम्रेले जानकारी दिए ।  सिरक डसना सेट वितरण गर्दै अभियानका संयोजक डुम्रेले बुटवल उपमहानगरपालिका सडक मानवमुक्त रहेर पनि यसरी सडकमा रात विताउनुपर्ने अवस्था रहनु निकै दु:खदायी भएको बताए ।




दैनिक सयौं कर्मचारी, सुरक्षाकर्मी, प्रदेश सभाका सदस्यहरु ओहोरदोहोर गर्दासमेत कसैको आखामा पर्न नसक्नु निकै पीडादायी रहेको भन्दै उनीहरुको खाना र न्यानो कपडाको प्रबन्ध अभियानले गर्ने संयोजक डुम्रेले बताए । सडकको बाँस गरिरहेका राम नेपाली, विक्रम सुनार, मोहन खड्का र श्याम विकको परिवारलाई अभियानले सिरक डसना र खानासहितको सहयोग गरेको थियो । अभियानले यशअघि पनि सैनामैनाको गाउमा पुगेर न्यानो कपडा वितरण गरेको थियो भने, अब तल्लो मधेसका गाउँहरुमा न्यायो कपडा लिएर जाने जनाएको छ ।

कमेन्ट गर्नुहोस्