लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बोक्सी , हाम्रो रुढीबादी प्रथा: रवि बस्याल

IMG
भाग ३
शरदयामको आगमनसङ्गै गाउँमा लाहुरबाट फर्कनेको सङ्ख्या बढदो छ। चाडपर्व मनाउन भनी मुग्लान पसेका लाहुरेहरुको गाउँमा अोइरो लागेको छ। केही युवाहरु विद्यालयछेवैको चौरमा पिङ बनाउन भनेर बासँका खावा गाडिरहेका छन त कोहि घरमा सेतो कमेरो र रातो माटोले लिपपोत गरिरहेका छन।बेँसिमा पाकेको धानको हरहराउदो बास्नाले पूरा गाउँ मन्त्रमुग्ध छ। स्कुलमा पढने केट्केटीहरुको बिदा भएकाले बाटोमा जम्मा भएर खेलिरहेका छन्। गाउँ साच्चिकै मनमोहक देखिन्छ।
'कतै दिन त कतै रात' भनेजस्तै यता सानेको घरमाचाँहि त्यो उमङग भने छाएको छैन। पिठ्युँबाट खालि डोको र नाम्लो फालेर आँगनको डिलमा बस्दै झर्किएको स्वरमा सानेले भन्छ-आमा,म अबदेखि तिनको मेलामा जाँदिन क्यारे।दिनभरि काम गर्यो न त पेटभरि खान दिन्छन् ,उल्टै हेलाका तुच्छ वचन लगाउँछन,त्यस्तो ठाउँमा त म ज्यानजाला काम गर्दिन।बरु तिमी आफै नै गर। यत्ति सुनेर
सिता दलिन बाट सानेको छेवैमा पुगेर उसको कपाल सुमसुम्याउदै भन्छे- धत् त्यस्तो पनि भन्नेहो, उनिहरुको कृपालेनै हामीले हातमुख जोडन पाएका छौँ। अब दुखिको पेटबाट जन्म लिइस् ,दुख पाइस के गर्छस त।सधैं मुखमा सख्खर त कहिले हुन्छ र कहिलेकाहीँ अरुको तितो वचन पनि स्विकार्नु पर्छ। जा बरु हातगोडा घोएर आइजा, खाजा बनाइदिएकि छु, खाएर आराम गर। यति भन्दै सीता पु न: हातमा सियो धागो लिएर उध्रिएको कमिच तुन्न थाल्छे।

एकाबिहानै एक युवक सानेको घर आइपुग्छ। खुट्टामा बुट,लेदर को पाइन्ट, बाँसको सिठाजस्तै पातलो  र अनुहारमा कालो चस्मा लगाएर, बिकास। दैलो निरै आएर "घरमा को छ? साने! सीता भाउजू!कोइ छैन कि क्या हो!" बिकासले पुकार लगायो। बिकास र साने स्कुल पढने बेलाका अत्यन्तै मिलनसार साथी थिए। भित्र मदानोमा मोहि पारिरहेको सानेले त्यो आबाज सुन्नासाथ हत्तपत्त बाहिर आइपुग्यो। बाहिर बिकासलाइ देखेर उसले हात मिलायो र दुई जना बार्तालिको खाटमा बसेर कुरा गर्न थाले। यत्तिकैमा सीता पनि बाहिर आई र कौतुहुलताको भावमा सोधिहालि- अोहो कहिले आइस त बिकास कान्छा।पहिले भन्दा त निकै दुब्लाएचस त।घरमा बा आमा सन्चै छन्? अनि कति बस्छस नि गाउँमा।
 अस्ति भर्खरै आएको भाउजू ।घरमा पनि सबैलाई ठिकै छ।  साहुले एकमहिनाको बिदा दिएकाछन। यहि चाड मनाएपछि जानुपर्ला नि भाउजू  भनेर जवाफ फर्कायो। सिताले तिमीहरू कुरा गर्दै गर म चिया बनाउँछु भन्दै भित्र लागि।
कुरा गर्दै जाने क्रममा  बिकासले सोधिहाल्यो के काम गर्दै छस त साने?। के हुनु त्येहि सुब्बेनिका मेला मा जानि, गोठालो बस्ने त्यहि त हो सानेले भन्यो। 
यहाँ बस्नभन्दा बरु हिड हिनदुस्तान जाअौँ काम पनि पाइन्छ र दाम पनि राम्रै पाइन्छ बिकासको कुरा सुन्नासाथ जिज्ञासु स्वभावमा सानेले सोधिहाल्यो कति रुपैयाँ दिदाँ रहेछन नि ? बिकासले जवाफ फर्कायो- महिनाको १२००। 
आश्चर्यजनक हुदै महिनाको त्यत्रो १२०० मनमनै कुरा खेलायो। चिया खाइसकेपछि बिकास आफ्नो घरतर्फ लाग्यो।
दिउँसोपख सिताले झाँतोमा मकै पिधिरहेको बेलामा सानेले आमालाई भन्यो आमा म पनि बिकाससङ्गै लाहुर जान्छु अनि टन्नै रुपियाँ कमाएर आउछु।सानेको ढिपि र मुहारमा दृढताको बादल देखिसकेपछि उसले नाइ भन्न सकिन।अत: साने पनि बिकास सङ्गै एक महिनापछि मुग्लान हानियो।
 अब गाउँमा सीता एकलै थिइ |यदि आफ्ना परिवारको हात र साथ पाइयो भने इश्वर पनि दाहिने हुदाँ रहेछन र यदि छैनन भने 'छन गेडि सबै मेरि छैनन् गेडि सबै टेडि' भनेजस्तै आफ्नै आफन्त र छरछेमेक बाटै पनि घृणित र तिरस्कृत हुनुपर्दो रहेछ र अहिलेको माहोल पहिलेजस्तै रहेन।गाउँभरका महिला उसलाइ हेप्ने गर्थे |
राम  वैवाहित जिन्दगीमा बाधिएपनी सीताको घर हालखबर बुज्ने , गफ गर्ने भनेर गैराखेको हुन्थ्यो | सितालाइ अप्ठ्यारो त लाग्ने गर्थ्यो , तर नआउनु पो कसरी भन्न सक्थी , बिस्तारै राम दिनहु आउने गर्नथाल्यो | अब घाँस दाउरा नि सङ्गै काटन जाने गर्थे , रामको घरमा उस्को पत्नी भने का जान्छ के गर्छ भनेर थाहापत्तो हुन्थेन | समय बित्दै गैसके पछि , राम बिहान सबेरै सिताको कामको बहानामा जान थाल्यो , घर भने राती अबेर नै आउन थालेको थियो | रामले भने प्रसस्त  पैसा कमाउने गर्थ्यो | अलिकती पैसा सितालाइ घर चलाउ भनेर नि दिनथाल्थ्यो | सीताले नलिगुस पनि कसरी , बस्नलाइ राम्रो घर छैन , गोठमा बस्नु पर्ने , खानलाइ न त खाना नै थियो , साने गएको २-३ महिनामा अलिअली पैसा पठाउन थाले पनि पैसा निकै नै थोरै पठाउने गर्थ्यो | जनतन , सिताले रोटिआटो खान पैसा चाहिँ पुराउने गर्थी , बिस्तारै रामले सहयोग गर्न थालेपछी , कहिलेकाइ मिठोमसिनो चाहिँ खाने गर्थी , अचाल राम्रो लुगा नि लाउने गर्छे |
एकदिन रामले सीता अब तिमिले सेतो कपडा लाउन छाडडेउ , तिमी भख्खर कि छौ , अब तिमी सधै भर यसरी नै बस्ने ?? यसरि नै हिडने ?? मान्छौ भने सेता कपडा फेरेर , अरु कपडा लाउने गर भन्दै दिनहु भन्न थाल्छ , सीता बिचारी के पो गर्न सक्छी उसलाई रहर त एकदम नै थियो , बिस्तारै सिताले कपडा फेर्न थाली , राता साडी , कुर्तासुरुवाल लाउन थाल्छी | बिस्तारै राम आफ्नो पत्नीसङ्ग बस्न छाडेर , सिताको मै बस्न थाल्छ , समाजमा अब हुहल्ला मच्चाउन थालिन्छ , राम पल्लो गाउँ बाट आएर दिनहु सिताको बस्छ , यिनीहरु बिचमा के छ भन्दै  मानिसहरु प्रसश्न गर्न थाल्छ्न | एकदिन वन जाँदा रामसिता सङ्गै देखेपछी साइली काकीले देखेर थु थु के कस्को अनुहार देख्न पर्यो , तलाइ नकचरी आज को नाठो लिएर आइस भन्दै सिताको कपाल लुस्न के झम्तिन थालेकी थिइन , रामले कसेर एक थप्पड साइली काकीलाई हान्छ , खबरदार आइन्दा , सितालाई कसैले केही बोल्यो , लुस्न झमटियो भने , भन्दै सितालाइ अङ्गालोमा राखेर घरसम्म लिएर हिडछ , अब गाउँभर हल्ला चल्छ , सिताले येस्तो काम गरेको भन्दै , मानिसहरु सबै आक्रोसित हुन्छन , साइली काकी कहिले यस्लाइ भकुर्न पाइन्छ भनेर कुरेर बसिराखेकी हुन्छिन ।सीता भने अब ढुक्क हुन्छिन किनकि उसङ्ग राम छ ||
एकदिन गाउँका मानिस सङ्गै पुलिस बोकेर , रामको पत्नी सिताको आगनीमा आएकी हुन्छिन , सबै मानिस बाहिर देखेपछि , राम बाहिर निस्किन्छ , अनि एकछिनमा सीता ,
भित्रबाट रामसिता निस्केको देखेपछी , रामको पत्नीले सितालाइ एक थप्पड हान्छे , मानिसहरु सबै सितालाइ नै गाली गर्छन , राम भने केही नि बोल्न सक्दैन , रामलाइ अनि सितालाइ पुलिसले सोधपुछ गर्छ , दुबैले हामी दाजुबहिनीको रुपमा बाधिएर बसेका छौ भन्छ्न तर कसैले केहि सुन्दैन , अब रामलाइ सिताको गाउमा आउन दिइन्न |
रामकी पत्नी भने धेरै नै रिसाएर बसेकी हुन्छिन , एकदिन आफ्नो माइती पक्ष लिएर गएर , सितालाइ लुक्षालुक्ष गर्छिन , गाउका महिला नि त्यसैमा थपिन्छ्न , बिचरा सीता रुन्छिन कराउछिन कोहि आउदैनन उसलाई जोगाउन , 
आखाभरी आसुलिइ सीता उठ्न पनि नसक्ने हुन्छिन , 
बिस्तारै मानिस , आफ्नो बुढा खाइ , आफ्नो छोरा , आफ्नो सासुससुरा खाइ ,अनि अरुको वैवाहित जीवन बिगार्न हिडने कसैको राम्रो नदेख्ने भन्दै सितालाइ बोक्सीको रुपले सराप्न थाल्छ्न , अब मानीस गाउमा केही घटना भए , सितालाइ नै दोष दिन थाल्थे , झाक्रीहरु पनि सिताले गर्दा हो भन्न थाल्थे ,
यस्तै बर्खाको बेला थियो , गाउँमा फेरि पहिरो जान्छ , धेरै मानिसहरु मोर्छन , झाक्रीकोमा के कारण भयो येस्तो घटना भन्दा बोक्सीको अर्को रुप सिताको कारण गाउँमा येस्तो घटना घटेको भन्दै सितालाइ नै दोश दिन्छ्न , अब सितालाइ गाउँबाट ननिकाले अर्को घटना घट्ने भनेपछी सितालाइ गाउले प्रमुख , काजी सबैले सितालाई गाउँनिकाला गर्ने भन्दै जुत्छ्न , साइली काकी यो कुरामा धेरैनै अग्रसरता देखाइ लाग्छिन | सबै मान्छे जुटेपछी सितालाइ कालोमोसो दलेर , पूरा गाउँ डुलाएर , पिट्दै पिटदै गाउँ निकाला गरिन्छ ।

आँखा भरी आसुका धारा , रुदै रुदै उनी काठमाडौ छिर्छिन ,कामको सिलसिलामा धेरै नै भौतारिन्छिन , मानिस कामको सिलसिलामा उस्को यौवन माथी जाइ लाग्थे , लुट्न खोज्थे |
तर उनले के पो गर्न सक्थिन र ??
बिस्तारै उनीले केही काम नपाएपछी , उनी काठमाडौको गल्लीमा भौतारिदै हिडने गर्थिन |
एकदिन काठमाडौको डान्सबारमा जागिर दिने भन्दै एउटा महिला आइपुग्छिन , बस्ने देखि खाने बेबास्था गर्दिने , रामो लाउन , राम्रो तलब दिने भन्दै महिलाले सितालाइ प्रलोभन देखाउन्छिन , सुरुमा सिताले नाइ भन्छिन , तर नमानुस पनि कसरी , पछि हस हुन्छ भनेर उनलाइ लिएर जान्छिन |
                    सीता अजै भख्खरकि थिइन , अग्लि , सौन्दर्यमा धनी , मीठो मुस्कान , ठम्मरठुम्मर उसको शरीर , सबै उस्को बैसमा मस्त हुने गर्थे , उनी सधै तेहि नाच्ने गर्थिन , धेरै पटक योनदुरुपयोगमा फसिसकेथिइन , के पो गर्न सक्थिन , 
                  सबै ठाउबाट हारेकी महिला , आज कसैको स्वार्थ , कसैलाइ आनन्दको स्वार्थमा बाधिन पुग्छिन , लुटिन पुग्छिन | पटकपटक योनदुव्र्यवहारमा लुटिने गर्छिन | बिस्तारै सिताले थोरै थोरै रकम जम्मा गर्दै , त्यो काम छाडेर , पसल खोलेर आफ्नो जिविला चलाउने गर्न थाल्छिन , सानेको भने केही खबर नै हुदैन , अनि रामको , रामले के काम गर्छन , के गर्दै छन , केही थाहापत्तो हुदैन ||
                    सिता काठमाडौ छिरेको १० बर्षपछि गाउमा १० जना युवती भारतको न्यु दिल्लीमा बेचिएको भन्ने खबर पत्रीकामा सिताले देख्छिन ||
                    अरु कथा भाग ४ मा

कमेन्ट गर्नुहोस्