
राजन पन्थी
तिलोत्तमा, २०७७ मंसिर २९। तिलोत्तमा नगरपालिकाले नगर भित्रका सबै विद्यालयमा यसबर्ष देखी लागु गरेको स्थानिय पाठ्यक्रम को ६ दिने प्रबोधिकरण कार्यक्रम वडा नं १ नयामिल स्थित प्यारा माउन्ट बोर्डिङ्ग माविमा सम्पन्न भएको छ। पाठ्य पुस्तक तैयार भैनसकेको अबस्थामा बालबालिकाहरुमा पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाई उपलब्धी हासिल गर्न सहज होस् भनि स्वास्थ्यका मापदण्ड पुरा गरी भौतिक उपस्थितीमै कार्यक्रम गरिएको हो। गत आईतबार देखी सुरु भएको कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका सहभागिहरुलाई छ समूहमा बिभाजन गरी दैनिक एक समूह मा औसत २५ जनाका दरले ६ दिनमा जम्मा १सय५१जना शिक्षकहरुको सहभागिता रहेको थियो।
तिलोत्तमाको स्थानिय प्रविधी, कृषि, पर्यटन, वातावरण र स्थानिय संघसंस्था लगायतका क्षेत्र समेटिएको प्रबोधिकरण कार्यक्रमा टंक प्रसाद पौडेल, खेमराज पाण्डेय र रमेश ज्ञवाली सहजकर्ता रहनुभएको थियो। कार्यक्रम समापन समारोह मा बोल्दै तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बिकेन्द्रिकृत राज्य प्रणाली अभ्यास भैरहेको बर्तमान अबस्थामा केन्द्रिय पाठ्यक्रम ले समेट्न नसक्ने स्थानिय आबस्यकता का बिषय बस्तुलाई स्थानिय पाठ्यक्रम तैयार गरी नगरभरी लागु गरिएको बताउनुभयो।दामोदर भूसालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा अधिकृत सारदा भट्टराई, र भूपती ज्ञवाली लगायतले बोल्नुभयको थियो।
कमेन्ट गर्नुहोस्