लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हो!मैले पिए-२

IMG

लेखक: सागर न्यौपाने

एकोहोरो टोलाइरहन्छु। तिमिसङ्ग नभेटेको नि बर्षौ भो। नदेखेको महिनौ। तर शिखा एकपल पनि छैन जुन पल मैले तिम्लाइ नसम्झेको हु। सम्झिन्छु त्यो समय जब मलाई भोक लाग्यो भन्दा तिमी त्यो बर्षातलाइ छिचोल्ने छाता ओडेर हातको मुट्ठी मा पचास रुपैया बोकेर आउथेउ। याद आउँछ तिमिले बनाएका खाजा अनि टिफिन मा मिसिएका असिम माया । सम्झिन्छु मलाइ निन्द्रा नलाग्दा तिमिले गाउने शब्द नमिलेका तिइ स्लिपी भोइसका गितहरु। बिर्सेको छैन पिडामा च्यापिएको त्यो अङ्गालो को न्यानोपन।

आज तिइ सबै क्षण अन्जान भए। विलिन भए। हराए। तर खेल्छन मेरो दिमागमा। वरि परि। खेल्नेछन सधैभरी। 


खोसेर लग्यो शिखा समयले त्यो पल। सायद डाहा लाग्यो होला उस्लाइ पनि हाम्रो सामिप्यता। र त आज फ्याकिदियो तिमिलाइ आफ्नाहरुको भिडमा मा अनि मलाइ अन्जानहरुको एकान्तमा। 

छौ होला खुशी यो भौतिक दुरिसङ्ग। रमाउदै हौली मबाट खोस्नेहरुसङ्ग। तर स्मरण होस तिमिसङ्ग बिताएका एक एक पल मसङ्ग सम्बन्धित छन। म भित्र बन्धित छन। जुन चाहेर पनि कसैले खोस्न सक्दैन।

खुशी रहनु।

अनि धेरै सम्झना।

धेरै माया।


Regards,


Sagar Neupane


+971 5. .... ...


हात कमाउदै यति लेखेर सेन्ड गरे। मनमा धेरै भडास थिए। ड्रङ्क नोट भन्या सायद पोख्न नसकिएका कुन्ठा हरु हुन। कापिरहेका हातले इ भन्दा धेरै टाइप गर्न सकेनन। अलिक छिन त कुरे सायद रिप्लाइ आउँछ कि। अह आएन। सायद हेरि। रिप्लाइ गर्न आवस्यक ठानिन। गरिन। सायद इमेल चेन्ज गरेकी हुदि हो। सायद।


यति गरिसक्दा रक्सिको नशा कम अनि प्रेमको नशाले च्याप्दै गयो। पुराना इमेल स्क्रोल गरे। ग्यालरी मा हाइड गरिएका तस्विर नियाले। मोबाइलको ब्राइटनेसले टल्किने आशुका थोपाहरु गाला हुँदै छातिको यात्रा गरिरहेका थिए। अनि ब्याग खोलेर  चेस्टरफिल्ड को प्याकेट निकाले अनि लाइटर खल्तिमा हालेर स्मोकिङ जोन तिर बटारिएका खुट्टा तेर्स्याए।


बाहिर पार्किङ्ग मा बसबाट लेबरहरु ओर्लिरहेका थिए। कोहि थाकेको शरीर बसको झ्यालमा आड लिएर निदाएका थिए, कोहि पसिना गन्हाएको शरीर लिएर कोठातिर सोझिइरहेका थिए भने कोहि सेफ्टि सुज खोलेर वाशरुम। तिनैमध्य एकजना कोठामा बाट निस्कियो।युनिफर्म पनि नखोली भिडियो कल्मा चिच्याउन थाल्यो।

उताबाट आवाज आयो: घरपे पेसे लेने के लिए मुखिया आया था। अब मे उस्को क्या बोलु? गया हुवा इत्ना साल हुवा अभि लोन बाकी हे। दुकानवाले भि रासनपानी बन्द करदिए हे। क्या कर रहे हे पेसे का? कुछ घर भि भेजेङ्गे या लड्की और दारु पे उडाएङ्गे?

"तुमको कित्ना बोलु कि पेसा नहि हे अभि। अभि ड्युटी से आया हु। पगार कम मिला ये मन्थ। थोडा हे इस्मे खाने का और मुलुक भेज्नेका?



म एसो नियाले अनि उ म तिर रिस अनि निराशाले भरिएका आँखा सन्कायो। म सिगरेट बिन तर्फ सोझिए अनि सल्काए चुरोट। 

एत्तिकैमा एकजना नेपाली आयो। उ नशामा थिएन। तर त्यो रातभन्दा कालो अनुहारमा थियो। मलिन। 

बोल्यो: क्यान आइ ह्याभ वन प्लिज।

सायद फिलिपिनो झै मान्या हुदो हो मलाइ। म केही नबोली एक हातले बट्टा दिदै अर्को हातले फोन चलाइरहे। उ सल्काएर फोन तर्फ नजर डुलाउदै थियो। आधा सकिएको हुदो हो चुरोट। उसको फोन बज्यो। करिब ३० सेकेन्ड को कुराकानी पछि एक्कासी झोक्किदै मोबाइल थेचार्यो। अलिक चर्कियो फोन तर चल्थ्यो।

मैले भने के भयो दाइ: उ सिगरेट बिनमा हात बजार्दै दुवै हात टाउको मा राखेर भुइमा बस्यो। 

मलाइ अरुको कुरा मा इन्टर्फेयर गर्न खासै मन लाग्दैन।

तर आज सम्भवत रक्सिले गर्यो। उसको नजिकै बसे। अनि सोधे के भयो?

घर जान पाइन।

किन? मैले सोधे। अलिक दिन पछि होला नि। न आत्तिनुस अहिले समय खराब छ।

उ एक सर्को धुवा उडाउदै भन्यो: अह। समय खराब छैन। समय धेरै खराब छ। आमा बित्नुभको आज २ दिन भयो। अन्तिम सास सम्म मेरै नाम लिनुभाथ्यो रे। हुन त एक्लो छोरो परे। छुट्टि अप्लाइ गरेको नि हप्तौ भो। बिरामी भएको था पाएदेखी। पहिला कम्पनी ले अप्रुभ गरेन। अहिले त फ्लाइट बन्द। बहाना भो। सरकारले इसु गरेको चार्टर्ड प्लेन सर्भिस पनि १५ दिनसम्मको लागि पुरै बुक्ड छ रे भाइ। हेर न बिदेश। साला पैसाको चक्करमा एति नराम्ररी फसियो कि आज आफ्नै आमा को छोरो बन्न सकिन। आफ्नै आमालाइ दागबत्ती दिन पाउदिन जस्तो छ। उ अझ भावुक हुँदै थ्यो।

म: एम्बेस्से कन्ट्याक्ट् गर्नुभएन?

उ: किन नगर्नु। रेस्पोन्स गरे त मरि जाउ। उ झन भक्कानिन लाग्यो। मैले रुमबाट पानी लगेर दिए।  


हुन पनि हो। एम्बेस्से अगाडि हजारौ जागिर गएर भौतारिरहेका हरु धर्ना दिइरहेका छन घर फर्काइदे भन्दै। चार्टर्ड प्लेन त उडिरहेछ तर कस्लाइ अनि कहाँ लगिरहेछ त्यो उनै जानुन। किनकी जानुपर्ने हजारौ आज पनि भोको पेट भौतारिरहेको भिडियो हरु सामाजिक सन्जालमा प्रशस्त भेट्छु।

हो साच्चै समय खराब होइन धेरै खराब छ। 


एउटा अर्को चुरोट हातमा थमाइदिएर फर्किए। सायद मैले गर्न सक्ने यति मात्रै थियो। फाल्तुको मोटिभेसन दिन मलाइ आउदैन अनि उस्लाइ घर फर्कने व्यवस्था मिलाउन म सक्दिन। किनकी यो विदेश हो। यहाँ कोहि आफ्नो हुदैन। आफन्तहरु अन्जान हुन्छन। अन्जानहरु साथी। टेम्पोररी। सायद यति वर्ष को अनुभवबाट मैले पनि आफुलाइ यी स्वार्थिहरुको ढाचा मा ढालेको हुदो हु। म स्वार्थी बने। जस्तो कि अरु स्वार्थी छन। मेरो लागि। 


घरी एक भित्ता त घरी शु र्याकमा ठोक्किदै। रुम सम्मको यात्रा। शरीर आउट अफ कन्ट्रोल। सायद रक्सिपछी चुरोट पिउदा यस्तै हुदो हो।

करिब २ मिनेट लामो सिगरेट बिन देखि कोठासम्मको यात्रामा धेरै मान्छे भेटिए। नेपाली, अफ्रीकन, फिलिपिनो, इन्डिएन, पाकिस्तानी इत्यादी। सबै आफ्नै धुनमा थिए। कोइ कराइरहेका, कोहि रोइरहेका, कोहि परिवारसङ्ग त कोहि प्रेमिका सङ्ग बोलिरहेका, कोहि हासिरहेका, कोहि झगडा गर्दै थिए कोहि रक्सिको नशामा। तिइ मध्य म पनि एक थिए। जसलाइ सम्पुर्ण स्वतन्त्रता थियो अनि हरेक स्वतन्त्रताबाट वन्चित। अपरिचित जेलको खुल्ला कैदी।


आएर तल्लो तलाको बेडमा छरपस्ट ल्यापाटप, हेड्फोन अनि केही कागजपत्र छेउ लगाए। अनि सिरानी को आड लिए। अनि सिरानमा तिमि। जहाँ सुकै हौन दिनभरी तिइ छुटेका प्रेमी\प्रेमिका रात परेपछी आइपुग्छन सिरानमै। एक सुन्दर सपना अनि अनेक वियोगका कथा लिएर। म पनि बुन्न खोज्छु एउटा काल्पनिक सन्सार जहाँ तिमी म हुनेछौ। अनि घोच्छन अतितका शब्दले अनि रद्ध हुन्छ त्यो काल्पनिक सन्सार अन्डर कन्स्ट्रक्सन मै। सायद तिम्रो NOC आवष्यक छ। जुन असम्भव छ। 

रोज्दै हौली सर्वसम्पन्न बेहुलो। म एउटा जागिरको लागि भौतारिरहेछु। छान्दै हौली सोचेजस्तो भविस्य सहितको  एक। म त्यै भविस्य बनाउन संघर्ष गर्दै छु। आकार दिदै हौली खुशिका रङ्गहरुलाइ। म त्यै रङ्गको जुहो गर्दै छौ। 

जस्तो तिमी छौ नि शिखा। रुप, रङ्, नैतिक अस्तित्व, व्यवहार। म जस्तो लाखौ पाउने छौ जिन्दगिमा। अनि जस्तो म छु नि मलाइ त्यो लाखौ मध्यमा पर्न पनि अनेक परिक्षा दिनुपर्नेछ। 

र पो त तिमी तिमी हौ अनि म म हु। यहि फरक छ हामी मा। 

यस्तै यस्तै सोच्दा सोच्दै १ बजेको हुदो हो। दाइ ले लाइट बन्द गर्दै भने। "सुत्नुपर्दैन अब?"

कमेन्ट गर्नुहोस्