लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काटिएको छ यहाँ पखेटा: कविता

tillotmacitynews - 2020 Dec 07 09:31 PM
IMG

यहाँ काटिएको छ पखेटा।

हाम्रो देशमा एक झुण्ड छ

 न उसको आँखा नत कान छ

छ त केवल अभिमान अनि घमन्ड छ

न सुन्छ कसैको कुरा न हेर्छ बाहिर के छ

यहाँ पखेटा  काटिएको छ!

न कुद्ने ठाउँ छ,न उड्ने जहाज छ

छत केवल खाली पेट थुनिएको जीवन छ

रोड पेटी सबै सुनसान बन्दै छ

लासको थुप्रो बन्ने अवस्था देखिन्छ

काटिएको छ यहाँ पखेटा!!

कुर्चिका पहरे दारहरु उतै तिर बेस्त 

जनतालाई हस्पिटल अनि चेक जाँच खोइत?

कसले होला यिनलाई तह लगाउने

यिनका  कुर्ची भाँचेर रोडमा ल्याउने

काटिएको छ यहाँ पखेटा!!!

यिनका  फोहोरी खेल सफा गर्नुपर्छ

तानेर रोडमा सगै ल्याउनु पर्छ

कानुनका पखेटा यिनीहरूले  काट्ये

बन्दी बनाई हामीलाई ,आफूहरु दरबारमा नाचे

काटिएको छ  पखेटा यहाँ!!!!

यमराज जो आउन पर्छ यिनिहरुलाई तह लगाउन

पखेटा त काटेका छ्न हाम्रा यिनीहरू यहाँ

सक्ती अनि तागतको  मुढे बलमा

मृत्यु वरण नै ठीक गर्न  सक्छ ,हामी छौ त्यसको आशमा

काटिएको छ यहाँ पखेटा!!!!!


नारायण कोइराला

तानसेन,पाल्पा

हाल,यूएई

कमेन्ट गर्नुहोस्