लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शैक्षिक गुणस्तरसङ्गै भौतिक संरचनामा अब्बल बन्दै जनजागृति (अन्तर्वार्ता )

IMG
तिलोत्तमा मङ्सिर १५ २०७७। निजीको तुलनामा अहिले सामुदायिक बिद्यालय शैक्षिक गुणस्तरमा अब्बल देखिएका छन्। नाम मात्रै होइन काम पनि जनतालाई जागृत गराउने बिद्यालयको नाममा परिचित गुणस्तर शिक्षा प्रदान गर्ने केन्द्रका रुपमा आफुलाई स्थापित गर्दै आइरहेको तिलोत्तमा-२ जोगिकुटिमा रहेको जनजागृति  मा.बि.मा हालका अर्थमन्त्री माननीय बिष्णु प्रसाद पौडेलले पोहोर साल शिक्षामा खन्याएको संसद बिकाश कोष बापतको रकम अहिले ढलान सिद्ध भएको छ।  सो कार्यक्रम अन्तर्गतको चार कोठे भवनको पहिलो तलाको ढलानसंगै सम्पूर्ण पूर्वाधार सम्पन्न भएको छ।संसद बिकाश कोष र आन्तरिक स्रोतको लागत तथा बिद्यालयको साझेदारीमा उच्च गुणस्तर कायम भएको भुकम्प प्रतिरोधी मजबुत भवन सम्पन्न भएको छ। पढौ तिलोत्तमा सिटीका लागि मोहन न्यौपानेले सोहि बिद्यालयका प्रधानाध्यापक टंक प्रसाद पौडेलसंग 
गर्नुभएको कुराकानी :

स्वागत छ , यहालाई यो शैक्षिक जगतमा !
धन्यबाद, यस क्षेत्रको लोकप्रिय अनलाइन पत्रिका तिलोत्तमा सिटीको समग्र टिम र तपाइलाई यो अवसर दिनुभएकोमा। 

कोरोना महामारी पछि खोल्नुभएको छ, कस्तो छ विद्यार्थीको उपस्थिति ?
एकदमै सोचे भन्दा राम्रो छ। स्थानिय तहको मापदण्ड अनुसार अहिले दैनिक २ सिफ्टमा हामी बिद्यालय संचालन गरेका छौ करिव ६ महिनापछि ! बिहान १० बजेदेखि दिउसो १ बजेसम्म एक सिफ्ट र दिउसो १:२० देखि ४:२० सम्म अर्को सिफ्ट।  कोरोना महामारी भएपनि हामी तिलोत्तमा नगरपालिकाले दिएको म्यान्डेड अनुसार स्वास्थ्य मापदण्ड सबै अनुसरण गरेर कक्षा संचालन गरिरहेका छौ।  हाल ८ सय भन्दा बढि बिद्यार्थी अध्यापन गर्ने यस बिद्यालयमा अहिले नया बिद्यार्थी १ सय भन्दा बढी आउनु भएको छ भने विद्यार्थीको आगमनमा वृद्धि भएको छ।  हामी यो बर्ष २ सय जना बिद्यार्थी थप्ने तयारीमा छौ। 

यो भवनको लागी योजना माग कसरी गर्नुभएको हो? योजना कसको सहयोगमा ल्याउन सफल हुनुभयो?
हालका अर्थमन्त्री बिष्णु प्रसाद पौडेल सामु हामीले माग गरेको योजना अनुसार उहाले हाम्रो योजनामा साझेदारी गर्न चाहेको कुरा ब्यक्त गर्नुभएको थियो।  सोहि अनुरुप उहाले कक्षा १ मा त्यतिबेला छात्रा सृष्टि बिकको अभिभाबकत्व लिनु भयो।  त्यति नै बेला मा यो बिद्यालयको लागि केहि सहयोग गर्न इच्छुक छु भन्नु भो त्यसपछि आफ्नो कोषमा आएको रकम मध्ये ५० लाख शिक्षामा पहिलो पल्ट यो स्कुलको लागि सहयोग गर्नु भयो सायद उहाले अघिल्लो बर्ष शिक्षाकै लागि भनेर संसद बिकाश कोष को रकम अहिले स्वास्थ्य क्षेत्रमा जस्तै पहिला शिक्षा क्षेत्रमा हाम्रै बिद्यालय बाट शुरुवात गर्नु भयो।  यो सहयोग र तत्परताले हामि अत्यन्त खुसी छौ।संसद बिकाश कोषमा आएको रकम मध्ये ५० लाख प्रयासका बाबजुद सम्बन्धित पक्षको सहयोग र बिश्वासका कारण यो योजना छनौट गरि हाम्रै बिद्यालयमा पार्न सफल भएका हौं। जसबाट रु ५० लाख र आन्तरिक स्रोतबाट रु ८ लाखको लागत स्टेमेट्मा कार्य सम्पन्न हुँदै।  यस कार्यमा तिलोत्तमा नगरपालिका लगायत सबैको सहयोग रहेको छ। 

सामुदायिक बिद्यालयमा के आकर्षण बढेकै हो त ?
अवश्य पनि , पहिलाको तुलनामा अहिले आकर्षण बढेकै हो ,तर सबैमा होइन तिलोत्तमा नगरपालिकाका क्षेत्र अनुसारका धेरै जसो बिद्यालयमा बिद्यार्थीको आकर्षण बढेको छ जहा अभिभावक समेत सन्तुस्ट हुनुहुन्छ त्यसमा हामि पनि औलामा गन्न सक्ने नाम हो। हामि बालमैत्री बाताबरणमा सुविधायुक्त सिप सिकाइ र परिक्षण साथै विद्यार्थीको अन्तरनिहित प्रतिभाको कदर गर्दै उनीहरुको चाहना अनुसारको सिकाइलाइ प्राथमिकता दिन्छौ।  त्यति मात्र नभएर अहिले तिलोत्तमा नगरपालिकाले बालबालिकाको सर्बाङ्गिण बिकाशका लागि बालाबिकाश कक्ष , नर्स सहितको प्राथमिक उपचार र स्वास्थ्य परिक्षण सुबिधा, निगरानी ,  १ देखि १० कक्षा सम्मै अंग्रेजी माध्यममा पठनपाठन , ६ कक्षा देखि १० कक्षा सम्म कम्प्युटर माध्यममा पढाइ हुने , दक्ष र अनुभव शिक्षक , अनि अभिवावक र बिद्यार्थी अनि शिक्षकका बिचको सुमधुर सम्बन्ध , स्मार्ट बोर्ड , डिजिटल बोर्ड , पिरियरमा स्वागत गान नगर गान रास्ट्रीय गान , हेप्पी बर्थ डे सेग्मेण्ट , सम्मान र सुभेछ्या, अतिरिक्त क्रियाकलाप , दिवा खाजा , अनिबार्य ड्रेस , लगायतका कुराले हाम्रो बिद्यालयको आकर्षण बढेको हो।  कक्षा कोठा ब्यबस्थापन हुने हो भने हामीले सोचेभन्दा बढी बिद्यार्थी भर्ना हुन यहा आउछन तर केहि समस्या र चुनौती भने अवश्य छ।  तरपनि हामी प्रतिको आकर्षण बढेकै सत्य हो।      

अन्य भौतिक संरचना को बिषयमा के भैराछ ?
बिगत लामो समय देखि यस बिधालयमा म प्रधानाध्यापकको भुमिकामा रहेर काम अध्यापन गर्दै आएको अबगत नै छ।  मा आउदाको बिद्यालय भन्दा अहिले धेरै हामी अगाडी बढिसकेका छौ तर पनि अझै धेरै कुरा गर्नै बाकि छ।  हामीलाई सबै तबरबाट तिलोत्तमा नगरपालिकाले सहयोग समन्वय त गरिरहेकै छ तथापि प्रशासनले मात्रै गरेर त हुदैन , नीति निर्माण , ब्यबस्थापन गर्ने जिम्मेवारीमा हामी शिक्षक अभिभावक सहयोगी समाजसेवी स्वयं बिद्यार्थी पनि सकारात्मक भएर यो सरस्वतीको मन्दिरलाई पबित्र बनाउन जुट्न आवश्यक छ। 
त्यसैले यति मात्रै भौतिक संरचनाले मात्रै त पुग्दैन , त्यसैको लागि हामी निरन्तर पहलमा छौ कि अझै केहि कोठा बढुन ताकि पढ्न नपाएर हिडेका बिद्यार्थीलाइ हामी सहजै पढ्ने र सिक्ने बाताबरण सहजी प्रदान गर्न सकौ।  त्यसैले यो भवन बन्ने बित्तिकै हामी यसैलाई ताला थप्ने र यसको लागि सहयोग को याचना गरिरहेका छ।  अहिले सम्मलाई पुग्ने भौतिक संरचना यहा प्रयाप्त छ।  थप १ सय बिद्यार्थी आइसक्नु भएको छ अझै १ सय थपिदा सम्म यो कोटा पुग्छ तर त्यो भन्दा बढी हुदा हामी कक्षा कोठाको समस्यामा पर्न सक्छौ।  



शिक्षकको बिद्यार्थी प्रतिको उत्तरदायित्व  जस्तो पाउनुभएको छ ?
निकै राम्रो प्रश्न गर्नुभयो , मा आफै केहि बर्ष पहिला यसै बिद्यालयमा आउदा एक बिषय शिक्षक को रुपमा कार्यरत हुदा यो बिद्यालय नै घर काम सकेर धन्दा सकेर थकाइ मार्न आउने शितल चौतारी जस्तो लाग्थ्यो तर अहिले परिबर्तन मात्रै होइन रुपान्तरण भैसकेर बिद्यार्थी प्रतिको उत्तरदायित्वमा शिक्षक हुनहुन्छ।  चुस्त दुरुस्त निश्पक्ष प्रसासन छ , बालमैत्री बातबरण्मा अध्यापन भैरहेको छ ,प्रविधिको सहि प्रयोग सहित सिकाइ प्रक्रिया अबलम्बन गरिएको छ, शिक्षकको लगनशिलताले हामी अब एक कदम अघि छौ यसमा सबै अभिभावक र बिद्यार्थी समेत संलग्न हुनहुन्छ।

बिद्यालय ब्यबस्थापन समितिको भूमिका कस्तो पाउनुभएको छ?
सहजता छ, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष स्वयम् यसै बिद्यालय बाट रिटायर हुनुभएका पुर्ब प्रधानाध्यापक भएकाले पनि हामीलाई सहजता भएको छ , अध्यक्ष यादव नाथ आचार्यको सल्लाह सुझाब बमोजिम बिद्यालय संचालनमा भएका कठिनाइ समस्या र चुनौतीमा समितिका सबैको सहयोग एकदमै सर्हानिय रहेको छ।  त्यसै गरि शिक्षक अभिभावक संघ , उपभोक्ता समितिबाट समेत भरपुर सहयोग सुझाव भएकाले अब्बल रिजल्टको लागि र विद्यार्थीको सर्बाङ्घिण बिकाशको लागि कुनै कसर बाकि राखेका छैनौ। 

हाल पूर्वाधारको हिसाबले अन्य केके सुबिधा छन्  जना जागृति माविमा ?
हामी अत्याधुनिक सुविधायुक्त बालमैत्री प्रयाप्त भवन, इन्टरनेट सहितको आफ्नै ६५ वटा कम्प्युटर सहितको प्रविधियुक्त ल्याब , युपिएस , प्रोजेक्टर, बिज्ञान प्रयोगशाला , बैकल्पिक उर्जाका साधन, बाल उद्धान , प्रयाप्त खेल मैदान, पार्किङ्ग क्षेत्र, सफा शौचालय,नया प्रविधियुक्त कक्षाकोठा, संगै निकट भविष्यमै हामी आफ्नै स्कुल बस राख्दै छौ यसमा हामी नगरपालिका र सहयोगी सस्था साथै विद्यालयको आन्तरिक स्रोत बाट सो आर्थिक सहयोग जुटाउदै छौ। र विद्यालयलाई सिकाइ प्रक्रिया र हेर्दा समेत आकर्षक बनाउन हामी लागि परेका छौ।  

हाल कति शिक्षक जनशक्ति हुनुहुन्छ ?
अहिले हामी सबै गरेर २६ जना छौ प्राथमिक निम्न माध्यामिक र माध्यामिक गरि  १२ जना महिला शिक्षक हुनुहुन्छ भने १४ जना पुरुष शिक्षक हुनहुन्छ।  

अब अझै विद्यालयलाई नतिजामुखी बनाउन र एउटा आकर्षणको केन्द्र बनाउन के कस्ता योजना छन् ?
हामी विद्यालयको सिकाइ प्रक्रियालाई अझै बिद्यार्थीमय बनाउन लागिपरेका छौ। आगामी दिनमा हामी सबैको ध्यान विद्यालयको मौजुदा शैक्षिक गुणस्तर कायम राखी राष्ट्रिय र तहगत सक्षमता हासिल गर्ने,राष्ट्रिय आकांक्षा पूरा गर्न र बिद्यालयको शैक्षिक गुणस्तरमा केन्द्रित गर्ने प्रतिज्ञा समेत विद्यालयको छ। धेरै बिद्यार्थी र अभिभावकको रोजाइमा पर्ने यस विद्यालयको शैक्षिक वातावरण बालमैत्री रहेको छ। विद्यालयको स्तरोन्नति भएको देख्दा अध्ययन गर्ने विद्यार्थीका अभिभाबक समेत हर्षित देखिन्छन। आगामी रुपरेखा अन्तर्गत बिद्यालयलाई यो नगरकै उच्च गुणस्तर शैक्षिक प्रदायक शैक्षिक केन्द्र बनाउनको लागि बिद्यालयमा भएको सम्पुर्ण साधन स्रोत तथा मानवस्रोतको अधिकतम उपयोग गरि आउदा दिनमा बिद्यार्थी अभिभावक र चन्दाताहरुको बिश्वास सहभागितामा बिद्यालयलाई उत्कृष्ट रिजल्ट दिएर सामुदायिक बिद्यालयलाई हेर्ने आममानिसको नजरमा नै परिबर्तन गर्ने अठोट छ। 

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
बिद्यालय हाम्रो सामाजिक सम्पत्ति हो , यसको  उपयोग संरक्षण र प्रगतिको लागि हामी एक बद्ध  भएर लाग्नु हामी सबैको कर्तब्य र प्रमुख जिम्मेबारी हो त्यसैले यो शिक्षाको ज्योति फैलाउने र मानिसमा ज्ञान जागृत गराउने जना जागृतिको प्रगतिको लागि यस कार्यमा संसद बिकाश कोष मार्फत सहयोग र सफलाताको शुभकामना दिनुहुने माननीय अर्थमन्त्री बिष्णु पौडेल र तिलोत्तमा नगरपालिका , शिक्षा शाखा प्रम्कुह गंगाराम आचार्य सहितको शिक्षा शाखा ,शिक्षक अभिवावक लगनशील र अनुशासित बिद्यार्थी  लगायत सबै सहयोगीका लागि हार्दिक बधाई दिन चाहान्छु । यस अबस्था सम्म विद्यालयलाई ल्याइपुर्‍याउन तत्त तत्त समयमा साथ सहयोग र योगदान दिने बिशिस्ट ब्यक्तित्वहरु,शिक्षक साथिहरु तथा आदरणीय अभिभावक,चन्दादाता महानुभाव र सबै मिडियाका साथिहरुलाई सहयोगको लागि धन्यबाद दिदै आगामी दिनहरुमा पनि साथ सहयोगको अपेक्षा राख्दछु। बिद्यालयलाई सम्पुर्ण रुपले सुबिधा सम्पन्न र शैक्षिक गुणस्तर उच्च राख्न बलियो बनाउन मलाई प्राप्तभएको युगिन जिमेवारिलाई ह्र्दयगम गरि सोही बमोजिम आफुलाई समर्पित गरि सदुपयोग गर्ने बाचा गर्दछु।धन्यबाद। 

कमेन्ट गर्नुहोस्