
बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप १ जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।दाङ, तुलसिपुर उपमहानगरपालिका ५ का ५५ वर्षीया महिलाको आज बिहान ८ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।मंसिर ११ गते दाङमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंसिर १४ गते बुटवल ल्याईएको थियो ।सोही दिन कोरोना बिशेष अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा बिहान ८ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।सोमबार राती मात्र विशेष अस्पतालमा कपिलवस्तुकी अर्का महिलाको पनि मृत्यु भएको थियो ।
कमेन्ट गर्नुहोस्