लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्य-स्वरुपको कवाली शैलीको रोमान्टिक गीत सार्बजनिक

tillotmacitynews - 2020 Nov 26 08:26 PM
IMG

मङ्सिर ११,२०७७ तिलोत्तमा। गायक तथा संगीतकार दाजुभाईद्धय सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । कवाली फ्लेवरको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुको प्रयोग भएको छ ।गीतको भिडियो दरबारिया शैलीमा निर्माण गरिएको छ । जसको निर्देशन कविराज गहतराजले गरेका हुन् । बिवाहका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरबारमा चलेको कवाली भिडियोमा कथाको रुपमा देखाउन खोजिएको छ । भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् ।


भिडियोमा राजकुमारीको भूमिका छुकिला शेर्पाले निर्वाह गरेकी छन् । उनी नव मोडल हुन् । होटल याक एण्ड यतीमा छायाँकन भएको भिडियोमा कोरस कलाकारलाई समेत आकर्षक ढंगले प्रस्तुत गरिएको छ, भने गायक दाजुभाई सत्यराज र स्वरुपराजले समेत कवाली गाउँदै गरेको भिडियोमा देखाइएको छ ।सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन भिडियोमा छ । गीतमा शब्द अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्यकै छ ।  भिडियोमा कोरियोग्राफी दीपकराज सुनारले गरेका हुन् । गीत केही अगाडिको अमेरिका सांगीतिक यात्राका क्रममा बनाएको गायक तथा संगीतकार स्वरुपराज आचार्यले बताए ।  कवाली गजल टाइपको कम्पोज रहेको गीत आफुहरुले लामो समयपछि ल्याएको भएकोले यसमा मास र क्लासलाई ध्यान दिएको स्वरुपराजको भनाई रहेको छ । 

कमेन्ट गर्नुहोस्