
बुटवल,मंसिर ८- रुपन्देहीमा नेपाली चलिचित्र ‘भाँडाकुटी’छायांकनको तयारी गरिएको छ । ‘भाँडाकुटी’ मा ‘बुलबुलका चाेपेन्द्र’ मुकुन भुषाल र बेनिशा हमाललेसँगै अभिनय गर्नेछन् ।किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ रुपन्देहीका शहरी तथा ग्रामीण क्षेत्रहरुमा निर्माण हुने फिल्म यूनिटले जानकारी गराएको छ ।दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्देशक एवम् कलाकारहरुको सहभागितामा आइतबार बुटवलमा एक समारोहका बीच औपचारिक घोषणा गरिएको हो । माघ १५ देखि छायांकनमा जाने चलचित्र भाँडाकुटी आउँदो फागुनमा बुटवल, तिलोत्तमा लगाएत आसपासका क्षेत्रहरुमा छायाँकन गरिने निर्देशक किरण बिकले जानकारी गराए । अन्तरजातीय वैवाहिक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागेको चलचित्र कलम खड्काले निर्माण गर्न लागेका हुन् ।
चलचित्र पत्रकार संघ , रुपन्देहीको आयोजनामा भएको घोषणा तथा पत्रकार भेटघाट समारोहमा निर्देशक बिकले युवाहरुको समूहले सामाजिक परिवेशमा आधारित चलचित्र बनाउन लागेको बताउँदै उत्कृष्ट बन्नेमा विश्वास रहेको जनाए । सो अवसरमा चोपेंद्रको नाम ले प्रसिद्ध नायक मुकुन भुषाल र नायिका बेनिशा हमालले पुरानो परम्परा र सोँचलाई नयाँ पुस्ताले चलचित्रमार्फत प्रस्तुत गरिने कथा अनुसार बन्न लागेको बताउँदै आफूहरुले उत्कृष्ट प्रस्तती दिने बताए । फिल्ममा राज कुमार दर्जीको कोरियोग्राफ्री र भीम विकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । करिब एक करोड रुपैयाँ लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् । कार्यक्रम चलचित्र पत्रकार संघ,रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र सचिव मोहन न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्