
२५ कात्तिक। पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५३ जना संक्रमणमुक्त भएका हुन् ।देशभर ३८ हजार ३५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ७३४ जना होम आइसोलेसनमा छन् भने ४०४ जनाको आईसीयू र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४२० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११४१, ललितपुरका १९३ र भक्तपुरका ८६ जना छन् ।यस्तै चितवनका १६८, काभ्रेका १०१, कास्कीका ९४, झापाका ९३, रुपन्देहीका ८८, सुनसरीका ७८, कैलालीका ५४, मोरङका ४७, दाङका ४५, नवलपुरका ४१, बर्दियाका ३१, गुल्मीका २७, दोलखाका २४, नुवाकोट, पाल्पा र बाँकेका २२/२२ जना, गोरखाका २१, सिन्धुपाल्चोक र स्याङजाका २०/२० जना, बाराका १९, कञ्चनपुरका १८, धनुषा र सप्तरीका १६/१६ जना, नवलपरासीका १५, सिराहाका १४, महोत्तरीका १३, मकवानपुरका १२ तथा धनकुटा, सर्लाही, कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रोल्पा र बझाङका १०/१० जना, सिन्धुलीका ९, लमजुङ र बाग्लुङका ८/८ जना, तनहुँका ७, धादिङ, रामेछाप र पर्वतका ६/६ जना, उदयपुर, ओखलढुंगा, पर्सा र दैलेखका ५/५ जना, रौतहट, म्याग्दी, अर्घाखाँची, प्युठान, सुर्खेत र डडेलधुरााकका ४/४ जना, खोटाङ, पाँचथर, भोजपुर, अछाम, दार्चुला र बैतडीका ३/३ जना, इलाम, तेह्रथुम र सल्यानका २/२ जना तथा ताप्लेजुङ, रुकुम पूर्व, हुम्ला र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।
कमेन्ट गर्नुहोस्