लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशको आर्थिक अनुसन्धान केन्द्रकाे गठन

IMG

लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा शिक्षण पेसामा संलग्न युवाहरुकाे भेलाले मिति २०७७/७/२२ गते प्रदेशको अर्थतन्त्रका विविध पक्षमा सूक्ष्म तरिकाले अध्ययन तथा अनुसन्धान गर्ने उदेश्यले आर्थिक अनुसन्धान केन्द्रकाे गठन गरेकाे छ। युवाहरुकाे भेलामा नव गठित सस्थाका अध्यक्ष हुमराज भुसालले सस्थाकाे उदेश्य प्रादेशिक अर्थतन्त्रका विभिन्न पक्षहरुकाे अध्ययन , अनुसन्धान गरि त्यसका आधारमा समृद्ध प्रदेश निर्माणका आधारका बारेमा प्राज्ञिक बहस चलाउने पनि रहेकाे बताउनु भएको थियोे । भेलाले निम्नानुसारकाे नयाँ कमिटी निर्माण गरेकाे छ । अध्यक्ष हुमराज भुसाल, उपाध्यक्ष बिनाेद बेलवासे , सचिव बालकृष्ण आचार्य , काेशाध्यक्ष अमृता रेग्मी , कार्य समिति सदस्यहरुमा जीवन दमाई , राजेन्द्र भुसाल , अमर डि सि , नवराज पाण्डे , यम बहादुर कार्की  रहनु भएको छ ।


 यसैगरी सस्थाका विविध गतिविधिमा आवश्यक सुझाव सल्लाह दिनका लागि प्रा डा बावुराम ज्ञवाली , प्रा डा रामचन्द्र आाचार्य तथा गुलाब धवललाई सल्लाहकारकाे जिम्मेवारीमा नियुक्त गरिएको छ । यसैगरी सस्थाकाे मिडिया काेडिनेटरकाे जिम्मेवारी सदस्य अमर डि सि लाई प्रदान गरिएको छ । लुम्बिनी प्रदेशलाई अन्य प्रदेशको तुलनामा आर्थिक पक्षका विविध सबालहरुमा अनुसन्धानकाे हब बनाउने दीर्घकालीन साेचका साथ यस सस्थाकाे स्थापना गरिएको कुरा सस्थाका उपाध्यक्ष बिनाेद बेलवासेले   बताउनु भएको थियाे । विशेषगरी लुम्बिनी प्रदेशमा आर्थिक पक्षका  विभिन्न मुद्दाहरुमा बहस तथा अनुसन्धान गर्ने सस्थाकाे अभाब भईराखेकाेले हामिहरुले साे अभावलाई केही हद सम्म पूरा गर्दै लैजाने कुरामा उपस्थित सबैले साझाँ प्रतिबद्धता व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्