लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कथा : बोक्सी , हाम्रो रुढीबादी प्रथा

IMG
भाग २-लेखक : रबि बस्याल
समय साच्चिकै बलवान् छ।मानिसका जुनसुकै घाउपनि समय बित्दै जादाँ पुरिदैँ जादाँ रहेछन।यदि मान्छेले पिडा भुल्नै नसक्दो हो त कति छट्पटी छुटदो हो।अतितमा घटेका  केहि घटनाहरु भने हृदयको कुनै कोठामा बसि बेलाबखत सियोले घोचेझैँ आभास दिइरहन्छन र त्यसैको प्रतिबिम्ब स्वरुप मान्छेका आखाबाट आसुँका मुल फुटछन र उसको मन सेलाउने गर्छ,आत्तिएको मन निष्किर्य हुने गर्छ ।
 सिताको दिनचर्या पनि सामान्य रुपमा चलिरहेको छ। सानेले बाउ बित्दाको १ वर्षमै स्कुल जान छाडेको छ। घरमा आयस्रोत नभएपछि सीता भने मेलापातमा व्यस्त हुन थालेकि छ।साझ अबेरपछि मेलाबाट फर्किएपछि पानिले भरिएको कुन्टो बाट एक अन्जुलि पानिले आफ्नो अनुहारमा छयाप्छे र भान्सातर्फ लाग्छे।सिल्टेको भाडोमा ढिडो बसाल्न छाडेकि छ। सुब्बेनिले दिउँसो खेतालाबाट फर्कने बेलामा दिएको भटमास र सुकेको सागको पोको पटुकीबाट थालमा खनाउन थाल्छे। सानेले पोलेको आलु एकदम मनपराउछ त्यसैले बलिरहेको भौरोमा आलुपनि राखिदिन्छे। 
"बाबु साने खाना खान आइजा बाबू" आमाको पुकार सुनेर बिगि्रएको काठको गाडा सुमसुम्याइरहेको साने झस्किन्छ र  त्यसलाइ पलङमुनि फालेर भान्सातर्फ लाग्छ। ठडियको चकटिलाइ बिछ्याएर घुडाँ टेकेको आसनमा बस्छ।
"त्यसरी नबस भनेर मैले तलाइ सय चोटि भन्नुपर्छ?कस्तो अलछ्छिनि रहिछ!" सानेकि आमाले टर्रो मुख बनाएर सानेलाइ झपारि।सानेले झट्टै आफ्नो आसन बदल्यो टाउको निउराएर बसिरह्यो।  सेलाइरहेको आगोको राप सङ्गै खानपिन सकेपछि सानेकि आमाले उसलाई  उसको कोठिको अोछ्यानसम्म लगिदिइ।
अर्को दिन आज भने सीता मेलामा एक्लै गइन सानेलाइ पनि लिएर गई। " दिनभरि घरमा उपध्रो गरेर बस्न भन्दा सुब्बेनिका छोराछोरीसित सङ्गत गरिसभने केही काम सिक्थिइस कि! ठुलाबडाहरुको सङ्गत गरियो भने उभो जाइन्छ,बुझिस नि! त्यो घरमा गएपछि सुब्बेनि आमाबालाइ नमस्ते टक्राएस। त्यहाँ बदमासी गरेको थाह पाएँभने तेरो खेैरात हुने छैन भन्दै सिताले सानेलाइ अर्ति दिइरहि। मेलामा  सिताले आफ्ना दौतरीसङ्ग आफ्ना अतितका कुरा सुनाउने गर्थिइ।यत्तिकैमा उसले सुनाउन थाली-
दुईगाउँको बिन्दुमा रहेको पिपलको बडेमानको रुख , रामले सितालाइ पहिलो पट्क देखेको ठाउँ || 
रामको घर जान उकालो चडनु पर्थ्यो भने सिताको घर जान ओरालो झर्नुपर्थ्यो | हरेक दिन पिपल को चौतारोमा  साझपख त्यँहा चिसो हावा चल्ने गर्थ्यो || राम भने सधै बिद्धालयबाट फर्केने बेला तेहि पिपलिको फेदमा बस्ने गर्थ्यो ||
८-९ वता गाउँमा एउटा बिद्धालय थियो , सबैजना तेहि बिद्धालयमा पढ्ने गर्थे ,अनि रामसिता पनि , राम कक्षा ८ मा पढ्थ्यो भने सीता कक्षा ५ मा पढ्ने गर्थिन || बिद्धालयबाट सिताको घर नजिकै थियो ,
सानैमा , कक्षा ८ को परीक्षा दिएर घर फर्किदा , राम एकछिन पिपलीको रुख नजिकै बसिराखेको थियो ।
सीता भने आफ्नो आमाबुबासंग धानको मुठा बोकेर धान रोपन्न , माथी खेततिर जाँदै थिइन , सुन्दरताले भरिपुर्ण भएकाले एकासी रामको आँखाले सितालाइ देख्यो ||
अल्कि , गुलाबी आँखा , गोफ्ले गाला पाउरोटी झै , मीठो मुस्कान , कुर्ता लाएर हास्दै आमाबुवा खेतराहरु संग जाँदै थिइन || राम एकछिन उसलाइ टाढा सम्मै  हेरेर बसिराख्यो
अनि एकछिनमा घर फर्कियो । राम भने सबेरै डोकोमा मल बोकेर बारिमा फाल्न जाने गर्थ्यो , सीता र रामको खेतबारी  वलतिर पलतिर नै रहेछ , मल फालेपछी उ एकछिन हावा खान पिपलीको फेदमा गएर बस्थ्यो ||सधै झै सबेरै बिहान आज राम मल लिएर गएको थियो ,सीता बारिमा आमाबुवासङ झार घोडन आएकी रहेछिन , रामलाई त्यति भएपछी के चाहियो , त्यहै नै बस्यो , लुकिलुकी हेरिरहेको थियो || सीता र रामको आमासाथी हुनुहुन्थ्य्यो , सिताको आमा रामलाइ सानै देखी चिन्नुहुन्थ्यो , राम भने त्यति चिन्दैनथ्यो ।सिताको आमाले देखेर , राम बाबाआमा सन्चै हुनुहुन्छ  भनेर चिच्याउनु भयो,(तर्सिदै)  अ सन्चै हुनुहुन्छ भन्दै रामले जबाफ दियो , आउ नास्ता खान भनेर रामलाइ सिताको आमाले बोलाउनुभयो , राम खुसी हुँदै त्यहा गयो , गैसकेपछी , संगै सिताले पकाएको नास्ता खायो||
सिताको आमा : राम तिमी अहिले कतिमा गयौ?
राम : आमा कक्षा ९ मा जान्छु अब 
सीताकि आमा : यिनी मेरि छोरी , सीता 
राम नाम सुन्ना साथ अझ खुसी भयो , मग्न भयो ।
राम : हजुर 
सिताकि आमा : मेरि छोरी गणित बिषयमा अलि कमजोर छिन तिमीले भ्याउदाँ घरै आएर सिकाइदिनु ल ||
रामले हुन्छ भन्ने जबाफ दियो अनि डोको बोकि घर फर्कियो ||
राम झन चकित भयो , बिस्तारै रामसिता  बिद्धालयबाट संगै घर जाने आउने गर्न थाले ||
राम गणित सिकाउन सधै जाने गर्थ्यो |||
हरेक सनिवार राम र सीता तेहि पिपिलीको फेदमा बसेर पढ्ने गर्थे || रुखको फेदमा चिसो हावा अनि तेहि रुखको फेदमा रामसिता , त्यो बाताबरण नै मग्न भए झै लाग्थ्यो रामलाइ ||
घरमा पढन नसकेको हुनाले प्रवेसिका परीक्षा उत्तिर्ण गरेपछि , राम साउदि गयो ||
जाने बेला रामले राम्ररी पढ्नु मात्र भनेर साउदी लाग्यो ,
रामलाइ सीता धेरै नै मनपर्ने गर्थ्यो || तर आफना मायाका स्पर्स् कहिलै सितालाइ सुनाएन ||
सीता पनि रुचाउने गर्थिन रामलाइ ||
सबैकुरा समस्या कुराहरु सर्वप्रथम रामलाइ नै सुनाउने गर्थि सीता ||
अब त घर जानुपर्यो भन्दै त्यहाबाट उठ्छ राम अनि सामान बोक्दै घर फर्किन्छ ,फरिकिदै गरेको सितालाइ येस्तो हालतमा देखेपछी सिताको घर जान्छ राम |
सीता चाहिँ पढाइमा अब्बल नै थिइन , १२ सम्म अधयन गरेकी थिइन ,
धनको लोभमा सितालाइ नजिकै गाउँको हरिसंग बिबाह गर्दिए , अनि पछि बुढा ,सासुससुरा अनि बख्खर छोरापनि बिते सिताका रुदै सिताकी आमाले सुनाउनुभयो
माया गर्ने कोहि छैन ,
माया गर्ने परिवार  छैन ,
हरेक कदममा साथ दिने पति छैन ,
आज उ एकल छिन ,
नारी हुन , बाच्न धेरै नौ ग्राहो पर्ने हुन्छ  भन्ने कुरा मनमा खेलाउदै घरतिर लाग्छिन  ||
अस्ती म नहुदा सानेलाइ पैसा चोरेको आरोपमा भकुनेर पिटेछ्न मामामाइजुले अनि बिचरा घर लागि भन्दै रामलाइ सुनाउदै हुनुहुन्थ्यो सिताको आमा |
रामलाइ घरबाट बिहे गर भनेर हैरान पारिरहेका हुन्छ्न  , सिताको बिहे भैसकेको हुनाले रामले नि धुमधाम बिहे गर्छ ||

कमेन्ट गर्नुहोस्