
असोज ६ कार्तिक २०७७ ,तिलोत्तमा। मध्य दशैंमा परिवार सँगै बसेर रमाउने बेलामा दैनिक कोरोना संक्रमितको समाचार सार्वजनिक भैरहेको छ ।विश्वव्यापी महामारीले नेपाललाई समेत नराम्रोसँग प्रभावित बनाएपछि यसपटकको दशैं धेरै नेपाली नागरिकका लागि खल्लो हुने भएको छ । दैनिक हजारौंको संख्यामा कोरोनाका संक्रमित थपिँदै जाँदा संक्रमण नभएकाहरुमा समेत सुरक्षित बन्नका लागि बाहिरी आउजाउलाई रोक्नुपर्ने बाध्यता आइलागेको छ ।बिहीबार कोरोना भाइरसका ३ हजार ६३७ जना नयाँ संक्रमित थपिएका छन् ।१५ हजार २२५ पीसीआर परीक्षण गर्दा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५१९ पुगेको छ ।बिहीबार सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।गौतमका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा जना बसेका छन् ।
सक्रिय संक्रमितहरु बढ्दै जाँदा उपचारको चाप थेगिनसक्नु भएको छ । अस्पतालहरुमा उपचार सेवा नपाउने भएपछि होम आइसोलेसनमा बस्नेहरुको संख्या निरन्तर बढ्दै गएको छ ।बिहीबार देशभरबाट ३ हजार २१५ जना संक्रमण मुक्त भएका छन् । यसँगै संक्रमण मुक्त हुनेको संख्या पनि १ लाख नाघेको छ । अर्थात, बिहीबारसम्म १ लाख २ हजार ८२० जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमण संख्याको ६९.२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्