
लेखक: सागर न्यौपाने
देशमा दिनानुदिन बढ्डै गएको बलात्कार र महिला हिम्सा का घटना आफैमा निन्दनिय र लाजमर्दो छ। सामान्यतया निर्मम तवरले भएका बलात्कार र त्यस्पछी भएका हत्याका मात्र घटनाहरु बाहिर आएता पनि सयौ बलात्कारका घटनाहरु अशिक्षा र इज्जतको भय का कारण बाहिर आउन सकेका छैनन। कतिपय घटनाहरु लेनदेनमै मिलाइएको हुन्छ भने धेरैजसो दबाब का कारण बाहिर आउन सकेका छैनन।२१ औ शताब्दीमा पनि यस्ता घटना दोहोरिरहनु अनि अपराधिलाइ कारबाही नहुनु अनि यस्का बिरुद्ध आवाज उठ्दा पनि कुनै ठोस कदम नचालिनु ले वर्तमान व्यवस्था तथा न्यायप्रणाली माथी नै प्रश्नचिन्ह खडा गरेको छ।
निर्मला पन्त को बलात्कारपछि हत्या भएको २ बर्ष बितिसक्दा पनि दोषी ले नसमातिनु र दिन बित्दै जादा घटना प्रती प्रशासन र सम्बन्धित निकाय निष्क्रिय हुँदै जानुले बलात्कारिहरुको मनोबल बढेको अनुमान गर्न सकिन्छ। र फलअनुरुप अहिले बलात्कार र बलात्कारपछि हत्या का घटनाहरुको चाङ्ग लागेको छ। यस सन्दर्भमा सर्वसाधारण जनतादेखी लिएर, कलाकार, बौद्धिक व्यक्तित्व र प्रतिपक्ष ले चर्को विरोध गरे। सडकमा ओर्लिएर आवाज पनि उठाइयो र कतिपयले अकालमै ज्यान पनि गुमाए।सामाजिक सन्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम को माध्यम बाट पनि चर्को बिरोध गरियो र यो जारी पनि छ। यतिसम्म हुदा पनि घटनामा कुनै कमि न आउनु र झन्झन बढ्दै जानू हामी सबैको निम्ति एउटा चुनौती को विषय बनेको छ। न सडकबाट समाधान भयो न अनलाइन बाट। न अरु कुनै माध्यम बाट। यति सम्म प्रयासरत रहदा पनि अपराधी को निष्पक्ष छानबिन नहुनु अनि प्रहरी प्रशासन ले त्यति प्राथमिकता नदिनु र माननीय साम्सद हरु बाटै बिवादास्पद अभिव्यक्ति आउनुले अहिले सामाजिक सन्जाल तताएको छ।
यसै को एउटा उदाहरण हो अहिले सामजिक सन्जालमा भाइरल भएक्क "Females black out" ट्रेन्ड। जस अन्तर्गत विशेषगरी महिला र पुरुषहरूको पनि सहभागिता मा फेसबुक, ट्विटर र इन्स्टाग्राम लगायतका सोसियल मिडिया मा कालो प्रोफाइल पिक्चर राखेर सरकार, प्रशासन लाई दबाब दिने र बलात्कार रोकथाम का निम्ति अभियान चलाइएको छ। २१ औ शताब्दी को डिजिटल प्लाट्फर्म मा सामाजिक संजाल प्रयोगकर्ता बाट थालिएको यो अभियान सराहनिय छ र आशा छ यो घटना न्यूनीकरण र अपराधीलाई कार्वाही गर्नमा सकारात्मक प्रभाव पार्नेछ।हुन त यस अघि पनि यस्ता कार्य को थालनी नभएको होइन। २ बर्ष अगाडि निर्मला कान्ड मा पनि विभिन्न स्ट्याटस देखि लिएर पोलमा तस्विर चप्काएर सरकारको बिरोध पनि गरिएकै हो। सडक आन्दोलन भए, अनसन बसिए, सडक नाटक भए। अनि भर्खर मात्र #justicefornirmalapanta #stoprape जस्ता ट्रेन्डहरु चलेको हामी सबैलाइ अवगतै छ। तर इ सब ट्रेन्ड हरु प्रभावकारी भए त? सोच्नुपर्ने कुरा हो।
सामान्यतया बलात्कार र महिला हिम्सा का घटना त्यहा भैरहेको पाइन्छ जहाँ ईन्टरनेट को पहुच छैन। अनि जहाँ पहुच छ त्यहा शिक्षित र अवगत भएकै हरुबाट घटना हुने गर्दछन। यसकारण हजारौ घटनाहरु बाहिर आउन सकेका छैनन। बाहिर आएका घटनाहरु बल्जफ्ती दबाइएका छन। अनि दबाउन नसकिएका घटनाहरु मा प्रहरी प्रशासन सुस्त देखिएको छ। तसर्थ इ ट्रेन्डहरु केही मात्रामा सामाजिक सन्जाल प्रयोगकर्ता हरुको बलात्कार गर्ने मनोबलमा कमि ल्याउने अपेक्षा गर्न सकिन्छ। तर जहाँ ईन्टरनेट र फोन को पहुछ छैन त्यहा कुनै प्रभाव पार्दैन। यद्यपि सरकार र सम्बन्धित निकायलाइ दबाब दिन यो अत्यन्तै प्रभावकरी हतियार भएतापनी यस्ले कुनै असर देखाएको छैन। सरकारबाट बलात्कारको तथा महिला हिम्सा रोक्न कुनै ठोस र प्रभावकारी कदम चालेको जनताले महसुस गर्न पाएका छैनन। नियम कानुन नभएका होइनन, महिला अधिकारका कुरा नभएका होइनन, नेताहरुबाट ठुलाठुला भासण नभएका होइनन।भएन त केवल कार्यान्वयन।
अन्तमा बलात्कार र महिला हिम्सा रोक्न सबैभन्दा पहिला आफ्नो मानसिकता बदल्नु जरुरी छ। अनि आफ्ना वरपरका पुरुषहरूको सोच बदल्न सकारात्मक प्रयासको आवस्यकता देखिन्छ। ग्रामीण तथा अशिक्षित ठाउहरुमा यौन शिक्षा, बलात्कार र यस्को न्युनिकरण तथा कानुन सङ्गै सजायहरुको बारेमा खुलेर चर्चा गर्नुपर्ने हुन्छ ताकी सम्भावित बलात्करिको मानसिकता बदलियोस र यस्प्रती सकारात्मक सोचको बिकस होस।समाजमा वा वरपर रहेका पुरुषहरूको व्यवहार हरु को अध्यन वा व्यवहार के कस्ता छन ख्याल गर्नुपर्छ जस्लाइ बेहेभियरल साइन्स पनि भनिन्छ। यदि शंकास्पद छ भने मनोविज्ञानिक उपचारका लागि सल्लाह दिन सकिन्छ। यदि अपराधिक नै छ भने तुरुन्त कार्वाही को लागि अपिल गर्नुपर्छ।नजिकका तथा आत्मिय केटिसाथी लाई कहि कतै यौन हिम्सा भएको छ कि? सोध्न जरुरी छ। सामान्यतया यस्ता घट्ना हरु समाज र इज्जतको डरले लुकाइएको हुन्छ अनि पछि घटनाले ठूलो रुप लिन्छ। यस्लाइ पहिल्यै समाधान गरे सम्भावित बलात्कार वा हत्या न्यूनीकरण गर्न सकिन्छ।हाम्रो समाज परम्परागत पुरुषप्रधान भएको ले धेरै पारिवारिक यौन हिम्सा का घटना हरु पनि बाहिर आएका छन जस्को रोकथाम का निम्ति आत्मबल हुनु जरुरी छ। जस्का लागि आफ्न बहिनी,दिदी, साथी लाई झन्झट नमानी सोध्ने र समस्या भएमा सहयोग गर्ने तत्परता देखाए घटना चार भित्ता बाट बाहिर ल्याउन सकिन्छ।बलात्कार कुनै बेग्लै जङ्गलमा बस्ने समाजमा भएको छैन यो हाम्रै समाजमा भएको छ, हाम्रै वरिपरि, हाम्रै दाजुभाइले , हाम्रै दिदिबहिनिलाइ गरिएको छ। हामिले नै यस्लाइ रोक्न सक्छौ। दिदिबहिनीसङ्ग यस्को बारेमा खुलेर कुराकानी गरेर अनि दाजुभाइ ल यस्ता काम गर्न लागेको थाहा पाएमा निरुत्साहित गरेर अनि कानुनी कठघरामा ल्याएर।
यस्का अलावा सरकार, प्रहरी प्रशासन र अन्य सम्बन्धित निकायलाइ डिजिटल र सडकबाट नै दबाब दिइएको धेरै समय भएतापनी तस्ले खासै प्रभाव पारेन। अझ भनौ हाम्रो आवाजको सुनुवाइ भएन। बलात्कारी पहिचान भएनन,पहिचान भएका समातिएनन, समातिएका पावरका आडमा छुटे।सबैले आआफ्नो ठाउबाट पहल गरे बलात्कार केहि न्यूनीकरण गर्न सकिन्छ। बलात्कारपछी कारवाही गर्न दबाब दिनु भन्दा बलात्कार हुन नदिनु उत्तम हुन्छ। जस्को लागि सकारात्मक शिक्षा आवस्यक छ। र त्यो हामी प्रवाह गर्छौ, तपाईं प्रवाह गर्नुहुन्छ, म प्रवाह गर्छु।बलात्कार र महिला हिम्सा रोकौ। बाकी सरकार र संबंधित निकायलाइ आफ्नो तर्फबाट दबाब दिइरहौ।
कमेन्ट गर्नुहोस्