लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सम्पादकीय : दशै र बेतलबी मान्छे

IMG
  बिश्व अहिले कोरोना महामारीमा परि आर्थिक, सामाजिक, भौतिक, व्यावसायिक रुपमा पछि परेको छ । यस्तो होला भन्ने सोच कसैको पनि थिएन ।महामारीले यो रुप लिएर यो दिन सम्म आउने कसैको परिकल्पना समेत थिएन । गत चैत्र ११ गते देखि लकडाउन शुरु भएपछि एक हप्तालाई होला भन्दा भन्दै अब करिव ७ महिना हुन लाग्यो जनजिबन सामान्य बनेन । यो बिचमा कतिका जागिर गुमे , कतिका अवसर गुमे , कोहि कम्पनी डुबाएर घरै छन , कोहि नया शुरुवात मै चुपचाप बामे रोकेर बसेकाछन । त्यसो त निजि स्तरका २ लाख भन्दा बढी शिक्षक कर्मचारि , कम्पनिमा कार्यरत २० लाख भन्दा बढिको अर्ध तलब या पुरा निकाला या बेतलवि भएर बसेका छन । मनमा दशैको रौनक के आउला र ? पुरानै कपडा लगाउ त भन्यो सरकारले तर पुराना कपडा टाल्ने पैसो पनि छैन अहिले कुनै परिवारमा । आफ्ना मन त जतन गरेर मनले नै टाल्लान तर बालबच्चाको मन केले टाल्ने केले सिउने ? 

अहिले देश बिदेश बाट आएर घर रमाउने हरुपनि खालि हात आएका छन । यहि केहि गर्ने हरुपनि ब्यबसाय नचलेर बन्दको प्रभाव भोगिरहेका छन । राजनिति, खरिद माफिया, मेडिकल माफिया, त्रास माफिया बाहेक देशमा सबै बन्द भए । कृषिका देखाउने दुध पोखिए । ब्यापार गर्नेले मनग्गे तरकारि, फलफुल, दुध बेचे । अफसिजनमा समेत उपभोक्ताले रोजि रोजि महङ्गो तरकारी खाए । किराना पसल त यो महामारीमा एक दिन बन्द भएन । कम्पनिका स्टक मालसमान सबै सकिए । नया समान कुनै रहेनन । भारतबाट ट्रकका ट्रक कन्टेनरका कन्टेनर भरिभराउ पैसावालाका  सामान नेपाल भित्रिए । तर यहाका साना ब्यापारि उहि खुल्ने दिन हेर्दै कुर्दै ६ महिना बिताए ।न कुनै राहत प्याकेज न कुनै करमा छुट । शानदार बचावट आयो सरकारको । घरबेटिले लाजले १ महिना त छुट दिए तर अर्को महिनाबाट भाडा बढाए । कुनै पालिकाले यस बारेमा बेखबर भएर हेरिमात्र रहे न कुनै अनुगमन न कुनै मुल्यसुचि । अन्ततः बेतलबि यो समाज भयो जो मरेर भएनि आफ्नो दिन भको पैसा तिर्यो र लिन पर्ने पैसाको आश मार्यो । 

यहि मुखमा दशै आयो दैलामा तर सरकारको आग्रह छ , जहा छौ त्यहि खुसिसाथ दशै मनाउ , पोहोरको कपडा लगाउ नया कपड़ा  नकिन देखासिकि नगर । हो हुनत यो महामारीका बेला दशैलाई सानै तरिकाले सुरक्षित तरिकाले मनाउन त छदैछ तर खै केहि राहतको प्याकेज या सस्तो बजार , सहुलियत दर , दैनिक उपभोगका आयतका बस्तुमा लगाउने कर , सहजता , दशैका लागि ठोस योजना त आउन पर्यो नि । बेतलवि भएर के सरकारलाई यो असहज परिस्थितिमा जनताले सहयोग गर्नै पर्ने हो । हो भने के के गर्न पर्ने हो ? अनि रोगको महामारी झनै उत्कर्शमा छ के लकडाउन मात्रै यसको उपाय हो ? अन्य कुनै जनतालाई पनि सहज हुने बाताबरण मिलाउन सकिन्न ? सम्बन्धित निकायले सोच्नु अब जरुरि छ । कोरोना त्रास कि सचेतना ?

कमेन्ट गर्नुहोस्