लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कथा : बोक्सी ,हाम्रो रुढीबादी प्रथा

IMG

लेखक : रबि बस्याल 

भाग १-


अवाँला भरीका दाउरालाइ अगेना छेवैमा राखि आफ्नो पछ्यौरीको फेरोले निधार सुमसुम्याई सीता ठचक्क चकेटोमा बसि । टाउकोमा मजेत्रो र गुन्युचोलीको भेषमा सजिएकि थिइ। सकिनसकी हातमा ढुङरो लिइ फुइफुइ गर्दै आगो बाल्ने प्रयासमा जुटेकि थिइ।खरानिको सेतो मुस्लो उडेर उसको केसभरी बस्दा मानौँ भर्खरैको कलकलाउँदो बैसँमाथि बुढ्यौलि उत्तरार्धको लेप लागेको छ।सौन्दर्यताको हिसाबले हेर्ने हो भने सेतो हिमालझैँ गोरो वर्ण भएकि,भर्खरै पलाएको अकुंरको जस्तै कलिला हातपाखुरा र नाकमा टल्किरहने फुलि,  झट्ट हेर्दा स्वर्गरुपि गाउँमा अप्सराको रुपमा भए जस्ती । धुवाँको खार खप्न नसकेकि हुनुपर्छ उसले खोकेको आवाज बाहिरै सम्म सुनिन्थ्यो।

बाहिर बार्तलिमा हरि चिलिममा कक्कड भर्दै र माथिबाट आगो सल्काइ सुल्फाको आनन्द लिएर बसिरहेको छ।

हरिले आफू उमेरले ४० काटेपछी सितासङ्ग दोस्रो बिबाह १२ बर्षको उमेरमा गरेको थियो | 

                            अहिले  उमेरले पचास नाघिसकेको छ र अनुहारमा बुढ्यौलिका रेखि प्रष्टै देखिन्छन् ।शिरमा मैलो नेपाली टोपी ढङ्ग नमिल्याइ लगाएको छ। पेसाले डकर्मी भएतापनि गाउँमा उसले काम नपाएको धेरै भइसकेको छ। उसलाई जोकोहीले कामदिँदा पनि दिदैँनन् सायद उसले पालिरहेको क्षयरोगको सन्त्रासले हो। चियाको गिलासलाइ दलिनामा राखि सिताले मधुरो आवाजमा सोधि-सानेलाइ मासु खान मनलाइ रहेको छ रे यसो गाउँतिर पाइन्छकि डुलेर आउनुहुन्छ कि! एकदम रहर गरेको छ।यत्तिकैमा सिताले गौँडोतल रहेको सानो सुर्के पाटोमा खेलिरहेको सानेलाइ खेलिरहेको देख्छे र पुकार लगाउँछे बाबू साने यता आइजा त। एउटा काठको टुक्रा लाई माटोमा घिसार्दै मोटरको नक्कल गर्दै पिप-पिप गर्दै खेलिरहेको साने टुप्लुक्क आमा छेउ आइपुग्यो। हरि टाँडामा राखेको लौरो झिक्दै आगनबाट अोझेल पर्छ। भित्तामा झुन्डिएको एउटा तस्वीरतर्फ इङकित गर्दै सानेले सोध्यो- आमा त्यो मान्छे को हो?  जवाफमा सिताले भनी -बाबू उहाँ तिम्रो हजुरबुबा। हेर त अनुहार ठ्याक्कै मेरो बावूजस्तै काटिकुटि मिल्छ।अबदेखि यो फोटो हेरिस भने प्रणाम  टक्राएस है बाबु ,आफुभन्दा ठुलाको जहिलेपनि आदर गर्नुपर्छ।जा गएर हातगोडा पखालेर आइजा तेरोलागि चामलको रोटि पकाइदिएकि छु। यत्ति भनिसकेपछि सिता गोबरसोत्तर गर्न भकारोतर्फ लाग्छे। भकारोमा बकेर्नो भैंसी  र ब्याउन ठिक्क परेका बाख्रो छन।आफैसित फतफताउदै भनी यो भैँसिले पनि दिनुसम्मै दुख दियो दूध पनि समयभन्दा अगावै छोडायो, मलाइ घाँस काटेर हाल्दिनको सास्तीमात्र। दूध बेसाएको पनि महिनादिन पुगिसक्यो।आफ्नो हत्केलामा लागेका गोबरका पोथ्रालाइ छलछलि पानिले पखालिसकेपछि सीता भान्छातर्फ लागि। रात पनि छिप्पिन लागिसक्यो र भान्सा पनि तैयार भैसक्यो तर यति अबेरसम्म पनि सानेका बाउको अत्तोपत्तो छैन। सिताले सानेलाइ उसको सुत्ने कोठीसम्म लगिदिइ र उ नसुतुन्जेलसम्म त्यहीँ बसिरहि।दिउसभरी खेलेर थाकेकाले होला साने आमाको काखैमा निधायो।सिताको मनमा अत्यासको हुन्डरि चल्यो,बेला बेलामा दैलाभित्रबाहिर गर्दै अध्यारोमा एकोहोरो चिहाइरही।भित्रबाहिर गरेपनि एक्लो सुतिरहेको छोरोलाइ छाडेर बाहिर खोज्न जाने चेष्टा गरिन। केबल परमेश्वर सङ्ग आफ्नो श्रीमान सकुशल होउन् भन्ने कामना गरि।रातभर पति नआएपछी सीता आतिन्छे , 

सबेरै बिहान हरि चिप्लिएर लोटेर मर्यो भन्ने ,हल्ला चल्छ, सबै गाउँ नै शोक डुबेका थिए ||  हरिको शरीर पोसमार्ट्म गरेपछी भख्खर घर ल्याइयो , उ उताबाट ,महिलाहरुको समूहले सितालाइ ल्याउदै छ्न भन्ने घुइँचो  लाग्यो , आँखा भरी आँसु ,चिरपुकार , दैब के गर्यौ तिमिले भन्दै उनलाइ महिलाहरुको समूहले समातेर लिएर आएका थिए , उनलाइ एकछिन उसको पार्थीब शरिरिसंग छोडिन्छ , उ भक्कानिएर रुन थाल्छिन , हजुरले मलाइ किन छाडनु भयो  , उसको शरिरलाई हान्दै पिटदै तपाईं आउनु नजानु भन्दै , कहिले अङ्गालो मार्छिन कहिले खुट्टा ढोग्छिन ,

अब फेरि उसलाई महिलाहरुको समूहहरुले छोपेर अलि पर नजिकैको रुखको छेउमा लिएर जान्छ्न ||

माथमा रहेको सिन्दुर पानीले पखाल्दिन्छन ,

हातमा सजिएका हरिया राता चुरा हात समात्दै फुटाल्दिनछ्न , 

रुख छहारीमा राखेर रातो पहिरनको साडी महिलाहरुले चारैतिरबाट गेरर , साडी फेरिदिन्छ्न , 

सहर भन्दा गाउँठाउमा मर्दापर्दा धेरै नै साथ मिल्ने गर्छ , सबै गाउलेहरु मलामी जाने भन्दै आएका थिए , मानिसहरुको लामो घुइचो थियो , उसको पार्थीब शरीर बोकेर फाटबाट तल ल्याँइदै थिए ,सीता ,सेता लुगा , रित्तो सिउदो , नाङ्गो हात लिदैँ उसलाइ घाटमा जलाउन ल्याइएको पार्थीब शरीर नजिक ल्याइयो , 

सीता -- सबैको हात फाल्दै 

            पति , तपाईं कती स्वार्थी ,

            कति बैगुनी ,

            हजुरको मायाको दाग ,

            हजुरको मायाको साथ ,

            हजुरले चल्न सिकाउनुभएको कदम ,

           हजुरकै  कदममै मेरो पाइला ,

           म कहाँ जाऔँ प्रभु ,

           तपाईं बिना म धेरै नै  अधुरो छु ,

           मिल्छ भने मलाइ हजुरसङै लिएर हिडनु ,

           हजुर जहाँ जानुहुन्छ म त्यही जान तयार छु ,

           बिन्ती प्रभु ,

           बिन्ती छ प्रभु ,

          आज बैगुनी हरुले हजुरले ल्याइदिनुभएको सिन्दुर नि पुछिदिए , चुरा फुटालिदिए , सारी फेरिदिए , यी त हजुरले दिनुभएको कुरा हो प्रभु, मायाको अस्तित्व हो प्रभु ,हजुर गएपछी हजुरले दिनुभएको मायाको चिनो पनि लिएर हिडन नपाउनु ,प्रभु ,प्रभु  ,म अब कसरी अघि बढौँ , कसरी बाचु ,मेरो पेटमा भएको बच्चालाई बाबा खोइ भन्दा के जवाफ दिँउ प्रभु  के जबाफ देिउँ प्रभु, तपाईं जानुभयो ,

          रित्तो सन्सारमा म सधैभर रित्तो नै रहनेभए ,

          रित्तो सन्सारमा म सधैभर रित्तो नै रहनेभए !!

        

   उसलाई एकछिन अचलित शरीरसङै छाडेपछी , शरिरलाइ दाउरा दाउराले बनाइएको चितामा राखिन्छ , अनि बिस्तारै उसको शरीरलाई दागबत्ती दिइन्छ , सीता भकानिएर रुदै छिन , आफुलाइ पिट्दै छिन , 

   आगो बल्दै छ , सिताका सपना जल्दै छ, उसङ्ग बिताएका पल जल्दै छ्न , हराउँदै छ्न , सेलाउदै छ्न , यादहरुले सिताको घाउलाई पोल्दै छन ,

   जलाएर सबैजना घर फर्किन्छ्न , सीता बेहोसी अबस्थामा छिन , सिता अनि उसको छोरो सानेले  काजकिरिया सकाउछन ||

   साने सानो उमेरमा बुवा गुमाउछ ,  बुवाको क्रिया गर्नुपर्ने हुनाले उस्लाइ जनै लगाएर काजकिरिया गर्न लगाइन्छ ,

   १३ दिनको काजकिरिया सकेपछी सीता घर मै बस्ने गर्छिन् ,  बिस्तारै घरका सम्पुर्ण  कामहरु समाल्न थाल्छिन | तर घर चलाउन सितालाई निकै नै अप्ठ्यारो परेको हुन्छ , यहि अप्ठ्यारो परेको ले  ७ बर्षको उमेरमा नजिकै काजिकोमा भाडा माज्ने काम गर्न थालेको हुन्छ सानेले |

  मानिस समाजिक प्राणी त बहाना मात्र हो ,एकलो नारी कस्लाइ बाच्न सजिलो हुन्छ र आफ्नो काममा जाँदा फाइदा उठाउन पाइन्छ कि भनेर मानिसहरु कुरेर बसिराहुन्थे || बच्चापन मै बुढा गुमाउनु , अनि छोरा बच्चैमा पाउनु , सासुससुराको रेखदेख गर्नुपर्ने ,उनलाइ धेरै नै अप्ठ्यारो परेको हुन्छ ||

  बर्खा यामको महिना थियो , सीता भने साझ भैसिलाइ गाँस काटन तल फाटतिर लागेकी थिइन , साने काजिकोमा काम गर्न गएको थियो , बिस्तारै पानीको मुसल्को पर्छ , सीता नजिकै रुखमुनि के बसेकी हुन्छिन , माथी गाउँ बाट पहिरो खसेर , घर , आमाबुवा सबै बगाउछ , बुढा बितेको ३ महिनामै सासुससुरा बित्छ्न , साने अनि सिताले फेरि काजकिरिया गर्नुपर्ने हुन्छ , सबैजना आफू लुकेर  सासुससुरा मारेको भन्दै सितालाइ तोकसिरहेका हुन्छन ,

काजकिरिया  सकिएपछि बिस्तारै गाउँमा उसलाइ साथ दिने कोहि हुदैन , साने भख्खर सानै छ , बिस्तारै सबैजना सासुससुरा खाइकी , बुढा खाइकी भन्दै अलिछिनै नामले पुकार्न थाल्छ्न , पधेँरोमा पानी लिन जादा , उ अलिछिनै आइ भन्दै सबैजना परपर सर्ने गर्थे ,थुक्ने गर्थे , हेला गर्ने गर्थे ||  बस्नलाइ घर बगाइदेको कारण , उनिहरु गोठमा बस्न थाल्छ्न |मानिसालाइ हेप्न बहाना भए पुग्छ ,एकदिन अधार्यो पर्नपर्न थालेको हुन्छ , उनी आफ्नो काम सकेर पधेँरोमा पानी लिन जादा झुकेर साइली काकीको गार्गी छुन पुग्छिन ,  साइली काकी गाग्रीको पानी फालेर , सितालाइ भकुरेर पिट्छिन , त अलिछिनाइ तलाइ नकचरी भन्दै चोट पुग्ने गरि पिटछिन || तल पधेँरोमा साइली काकिले पिटेर थला पारेको खबर सानेले सुन्छ , झत्तपत्त गएर छ्टपटिरहेको आमालाइ उठाउछ ,  हुहल्ला गर्छ मेरि आमालाइ कसले पिट्यो भन्दै कसैले सुन्दैनन , सबैले ठिक्क पर्यो , तेरो आमाकै गल्ती छ भन्न थाल्छ्न  हेपिन हेप्न बहाना चाहिदैन , चाहे जे जसरी भएनी पेलि हाल्छ्न ,बल्लतल्ल आमालाइ  उठाएर घर लिएर गएको हुन्छ ,बिचरा साने उसको मानसिकतामा सबैको  हेपाह प्रबिधिले धेरै नै असर परेको हुन्छ  , साइली काकीको कुटाइपछि , सिताको  पेटमा चोट परेको हुन्छ || 

सुत्केरा उतै माइतमै ब्यबस्था गरौला आउ भन्दै सिताकी  आमाले बोलाउनुहुन्छ  , ३-४ हप्ता पछि सितालाई बेथा लाग्छ ,अहिले जस्तोथिएन पहिला , स्वास्थ क्षेत्रमा धेरै नै पछि थियो नेपाल , अनि त्यसैमाथी बिकट जिल्ला  , उनलाइ साइलि काकिले पिटेको चोटले बच्चालाई धेरै नै चोट पुगेको हुन्छ | बेठाले एकदम च्यापिसकेको हुन्छ ,

सिताकी आमाले लौन भन्दै वलतिर पलतिर गुहार माग्छिन ,गाउँका महिलाहरु साथ दिन आउछ्न ,गाउँले प्रथा 5C अर्थात C - clean surface

                C - clean cut

                 C - clean cord

                 C - clean thread 

                 C -blade

    गर्भधारण गर्ने अबस्थामा ख्याल गर्नुपर्ने नियम , बिकट जिल्लामा कोसैलाइ थाहानहुनु ।

      सर्वप्रथम , सितालाइ दुई रसिलाई उभिएर समात्न भनियो , समातिसकेपछी , सितालाइ बल गर्न भनियो , आमाको दुख कसले बुझोस , सन्सार कै दुख त ती आमालाइ थाहाहुन्छ जसले तिमीलाइ पाउँदा  पाएकी  हुन्छिन , तिमीलाइ पाइसकेपछिको तिम्रो एक रोदन मै आमाको सारा दुख ठिक हुन्छ ||  सिताले एकछिन बल गरिसकेपछी बच्चालाइ जन्म दिन्छिन , जन्मेपछि बच्चाको नाल हैसाले काटिन्छ्, त्यसैमाथी तोरिको तेल ,बेसार लगाइन्छ , हैसा खिया लाइसकेको थियो , बच्चालाई पहिलै साइली काकीको चोटले असर परिसकेको थियो , अनि पछि खिया लाएको हैसाले काटदा infection भएर बच्चाको जन्मेको दुइदिनमै  मर्छ ,  सीतामा झन पीडा थपिन्छ , सानेले आफ्नो भाइ मरेको खबर थाहापाइसकेपछी नजिकै खेतबारीमा गाडेर आउँछ ,आफ्नो सन्तान गुमाउनुको पीडा कस्ले बुझोस ।

अनि  समाज त हो ,राम्रो कुरालाइ सधै साथ दिइन्छ तर घटिरहेको घटनाले , कसैको एकलोपनले धेरैलाइ असर पुराइरहेको हुन्छ  , पहिला आफ्नो बुढा खाइ , अनि सासुससुरा  खाइ अहिले आफ्नो जन्मदेको छोरा नि खाइ भन्दै मानिसहरु फेरि हेपाइ अर्को तुच्छ व्यबहार सुरु गर्छन ,

बाहिरी मानिसले त पक्कै हेप्थे , बिस्तारै माइती पक्ष नि पनि जाइलाग्न थाले , सिताका दाइभाउजुले सधै सानेलाइ पिट्ने , आमाको रिस सानेलाई देखाउने गर्थे , एकदिन सिताकी आमा आफन्तिकोमा जादा , सानेलाइ पैसा चोर भनेर मामामाइजुले भकानिएर पिटेछ्न , बिचरा साने आँखा भरी आँसु लिएको देखेपछी सिताले झिटिझाम्टा बोकि घरको बाटो लाग्छिन ||

 घर फर्किने बेला दुइ गाँउको बिचमा पिपलीको रुख अघि रामलाइ देख्छिन , सिता अनि सानेको आँखा भरी आँसुका रेखा हरु हुन्छन ।

राम भर्खर साउदीबाट फर्केको हुन्छ ,

राम  सितालाई सेतो पहिरन , नाङ्गो हात , नाङ्गो सिउदो तर नजिकै छोरा लिएर हिडेको  देखेर  चकित हुन्छिन , 

सीताले रामलाई  आँखा  तल गरेर , अगाडि के हिडन खोजेकी हुन्छिन  , राम आफै प्रस्न गर्छ 

राम : सीता ,किन नबोलि गाको ??

         सन्चै छौ ?? 

सीता : सन्चै छु , तिमी ??

राम : अहिलेसम्म त ठिकै थिए , अब केही भन्नै सक्दिन ??

सीता :  राम मलाइ अबेर भयो है म लाग्छु 

भनेर  हस्याङ्फस्याङ त्यहाबाट लाग्छिन ||

राम भने चकित छ , रामले घर आएपछी सितासङै बिबाह गर्ने भनेर बसेको थियो तर सेतो लुगा , रित्तो सिउदो , अनुहार भरी आसुका रेखा  देखेपछी अचम्म मान्दै एकछिन पिपलिकोको रुखको फेदमा राम आराम गर्छ ||

उसको मनमा हजारौं प्रस्नहरु चल्न थाल्छ्न ||

अरु कथा भाग २ मा !!  

कमेन्ट गर्नुहोस्