
चकलेटी नायक प्रदीप खड्का को पहिलो फिल्म 'इस्केप' माघतीर रिलिज भयो। त्यसपछि वैशाखमा भुँईचालो आयो। बाहिर जान लोन आदिको लागि बैंकले भ्यालुएसन गर्न मानेका थिएनन्। म यतिकै काममा थिएँ।बाहिर जाने चक्करमै थिएँ। सुदर्शन दाइले ‘प्रेम गीत’ को लागि हिरोहरूको अडिसन मागिरहनु भएको रहेछ। मिडियामा एक दुई जना दाइसँग राम्रै सम्बन्ध थियो, मैले उहाँसँग अडिसन दिन तयार रहेको भने। उहाँहरूले त्यसलाई समाचार बनाएर सहयोग गरिदिनुभयो।फ्लप भइसकेको भए पनि आफू फ्रेस जस्तै भएकाले अडिसन दिन्छु भनेको थिएँ।
मलाई प्रस्ताव आउँला भन्ने एक प्रतिशत पनि विश्वास थिएन। फिल्मका निर्माता सन्तोष सेनले मेरो फोटो हेर्नुभएछ र सम्भावित १० को सूचिमा मलाई राख्नुभएछ।सुदर्शन दाइले पनि मेरो इन्टरभ्यूहरू हेर्नुभएको रहेछ। अडिसन दिने ९ जना नयाँ थिए। उनीहरूसँग फेस, लुक्स आदि सबै थियो। तर, एउटा कुरा थिएन। उनीहरूलाई क्यामरा फेस गरेको अनुभव थिएन। त्यही कुराको प्लस पोइन्ट मलाई भयो।म यी कुराहरूमा अभ्यस्त थिएँ। मसँग ठिकैको लुक्स, फिजिक्स र अभिनय थियो। उहाँहरूलाई म क्यामरा अगाडि नर्भस हुँदैन भन्ने लागेछ।फेरि ‘स्केप’ फिल्म आएको गएको धेरैलाई थाहा भएन। यहाँसम्म मिडियाका सबैलाई पनि थाहा भएन। यस्तोमा म पनि फ्रेस सरह नै हुन्छु, डेब्यूजस्तै हुन्छ भन्ने उहाँहरूलाई लागेछ। र म छानिएँ।
कमेन्ट गर्नुहोस्