लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश ! राजधानी दाङ !

IMG

      तोड्फोडका बिच नाम तय भयो लुम्बिनी जसको राजधानी भालुबाङ ! प्रदेश ५ को यो निर्णय ऎतिहासिक निर्णय बन्यो । बाटोमा सम्सदमा बिभिन्न टिका टिप्पणीले स्थान पाए अन्ततः पार्टीको ह्विप र सम्सद्को मौनताले जित्यो ।


नाममै तनाव भैरहेकाले स्थानको नाम सार्बजनिक सङ्गै नाम ओझेलमा पर्यो जसका लागि सबैको सहमति जुट्यो ।यो राम्रो पक्ष पनि हो । तर मौनता र ह्विपका बिचको रुग्णताले अन्ततः राजधानि सारेर भालुवाङ लग्यो । जसमा बित्तिय र ब्यापारिक राजधानीको ट्याग भिर्न सफल भयो बुटवल ।  


बुटवलको ऎतिहासिक, पुरातात्त्विक , धार्मिक , सास्कृतिक सबै सम्पदा भालुवाङ्का अगाडि फिक्का भयो । बिकाशको नाममा भएको भिड्भाड सहर बित्तियताका लागि आश्वासनमै तय भयो तर मनमा अमिलो राखि सहन बाध्य भए लुम्बिनि अन्चलका साम्सद । हुनत सबै बिकासे सहर नै राजधानी हुनुपर्छ भन्ने मान्यता पनि होइन तथापि भौतिक संरचनामा अघि देखिएको बुटवलले भालुवाङको प्राकृतिक र सरकारी जग्गाप्रतिको मोह प्रस्ट झल्कायो । मुख्यमन्त्रीले सभामा २ पटकसम्म रोस्टम मागे दिईयो पनि उनका बाणिमा भालुवाङको बचाउ झल्किन्थ्यो । पटक पटक मुसुक्क मुस्कुराउदै उनले आफ्नो निर्बाचनमा बोलेको कुरा पुरा गर्न तल्लिन देखिन्थे। उनले यतिसम्म गरे कि बुटवल होस भन्ने हरुका लागि खुसि हुने धेरै पाटो र योजना यस अघि भन्दा खुल्ला रुपले राखे ।


त्यहा सम्मकि बर्दिया र बर्दघाटका जनतालाई समेत खुसि बनाउने प्रयत्न गरे । आफ्नै घरलाई समेत बुटवलको दुरिमा लम्ब्याए अन्ततः प्रदेशको राजधानी नजिकै रहेको भान सबै १२ जिल्लाका जनताको पायक पर्ने स्थानमा बनाउन सफल भए ।संरचना नहोला , बिकाश कम थियो होला , समय अल्लिक बढि लाग्ला , मन्त्रालय समयमा नहोला , पालमा बसेर बैठक सभा सकिएला तर उनको चतुर्‍याइँ र समाबेसि योजनाले लुम्बिनी प्रदेशको नाम चाहि अवश्य जोगाएको हो । मुख्यमन्त्रीले त्यहि भालुवाङ समेतमा केन्द्रिय दस्ताबेजमा चित्त बुझाएका हुन सक्छ्न । त्यो उनैले जानुन उनको माग अझै पर या अझै नजिक थियो कि ? यो कुनै गम्भिर छलफल बिना सम्भव एक्लै भएको होइन। त्यसैले अब बिरोध गर्नुको समेत कुनै तुक छैन ।


एउटा बिरामि उपचारका लागि अस्पतालमा ल्याइन्छ भने उसको मृत्युको कारण त्यहि रोग बन्दछ भने अर्को अस्पतालमा लगेको भए बाच्न सफल हुन्थ्यो होला भन्नु बेक्कार हो । कोरोना महामारीका बेला भर्खर ६ महिनापछि खुलेको ब्यापार व्यावसाय उद्धोगलाई धरासयि हुनेगरि आन्दोलन चक्काजाम गरेर भालुवाङ्को प्रतिश्ठा बढ्ने र बुटवलको बेटरि खर्च हुने बाहेक अरु उपलब्धि नहुने देखिन्छ , त्यसैले भालुवाङ छिटो बिकाश होस प्रदेश ५ को राजधानी कति शान्त , कति प्राकृतिक बातानुकुलित हो भन्ने दिन छिट्टै आवोस शुभकामना ! जय लुम्बिनी प्रदेश ।

कमेन्ट गर्नुहोस्