लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेसले आब्हान गरेकाे जिल्ला बन्दले रूपन्देहीको जनजिवन ठप्प

IMG

१८ आश्विन २०७७, आईतवार।  नेपाली कांग्रेसले आब्हान गरेकाे रुपन्देही बन्दका कारण रूपन्देहीको जनजिवन ठप्प भएको छ ।जिल्लाका मुख्य राजमार्ग सुनसान बनेका छन् भने भित्री सडकहरुमा फाट्ट फुट्ट साना सवारी मात्रै गुडेका छन् ।मुख्य राजमार्गमा सुरक्षाकर्मीकाे संख्या बाक्लाे पारिएकाे छ । आन्दाेलनलाइ राेक्न प्रशासनले बुटवलका मुख्य मुख्य चाेकहरुमा २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ ।प्रदेश ५ को राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयकाे विरोधमा कांग्रेसले अाज रूपन्देही जिल्ला बन्दकाे अाह्वान गरेको हो ।कांग्रेसले बिगत ३ दिनदेखि बिराेध प्रदर्शन गर्दै आएको छ । हिजाे बेलुका बुटवलमा मा मसाल जुलुस निकालेको थियाे ।


रुपन्देहीबाट राजधानी सार्न प्रदेश सभा मा पेश गरेको प्रस्ताव फिर्ता गर्न कांग्रेसले माग गरेकाे छ । प्रदर्शनमा  सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए।अन्तर्घाती नेकपा मुर्दावाद, रुपन्देहीलाई नै राजधानी कायम गर, बुहसंख्यक नागरिकको मनोभावना ख्याल गरु,राजधानी सार्ने औचित्य प्रस्ट पार लगायतका नारा उनीहरूले लगाएका थिए। 

कमेन्ट गर्नुहोस्