
काठमाडौं । देशभर कोरोना भाइरसका १ हजार ५५९ जना नयाँ संक्रमित थपिएका छन् ।१२ हजार २०५ पीसीआर परीक्षण गर्दा १ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।यससँगै हालसम्म कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।बुधबार देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन् ।
संस्थागत आइसोलेसनमा १० हजार ८७ जना बसेका छन् भने होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा १ हजार ५७ जना संक्रमित निको भएर घर फर्किएका छन् । यसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो ।
कमेन्ट गर्नुहोस्