लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देश र पार्टी : सम्पादकीय

IMG
अहिले नेकपा, नेपाली काङ्ग्रेस, जसपा, राप्रपा, मधेसबादी दल, नेसपा, साझा बिबेकशिल लगायत पार्टीको एउटा खेलो देश भन्दा पनि पार्टीको सुदृढीकरण कसरी गर्ने ध्याउन्नमा छ । कोरोना महामारी, भोकमरी, आत्महत्या, प्राकृतिक प्रकोप, लगायतका बिषयमा कुनै पनि पार्टीले आफ्नो बैठकमा कुरो राखेनन । तर प्रतिपक्षी बनेर सरकारको खिल्ली मात्र उडाए ।सरकार पनि मुखदर्शक वनेर रमिते बनिरह्यो । देश बासिका नाममा सम्बोधन गरेर पार्टी चलाइरह्यो बचाउ गर्यो, प्रशिक्षण चलायो तर जनताकोलागी यस्तो महामरिमा समेत ठोस कदम चालेन र चाल्न सकेन । यो सबै पार्टीको लागि बिडम्बना हो ।जनता आफ्नो बनाउने सुनौलो अवसर हो तर गुमाए सबैले। सरकारको बिरोध मात्र आयो तर भातृ संगठनबाट आश गरेका जनता निराश भए। देशमा जनता खान नपाएर नकारात्मक बाटोमा हिडिरहे तर महामारी हो यो समयमा हातमा हात मिलाउन आव्श्यक कसैले ठानेनन । प्रतिपक्षीको काम बिरोध मात्र गर्नु कदापी होइन , रचनात्मक सुझाव संगै पार्टी पंक्तिलाई समेत झस्काउनु हो । यहाँ हरेक पार्टीका प्रबक्ता मात्र भए , खेल खेल्ने खेलाडी भए जस्ले नचाहेरै आत्मघाती गोल जनतामा बर्साइरहे । जनता पनि सहेरै चौलानी खाएरै बसे । हुनेले यो लकडाउनमा यश आराम गर्यो कहिल्यै घरमा समयदिन नभ्याएकाहरु मोबाइल हातमा र आँखा मोबाइलमै राखेर समय बिताए । नहुनेले राहतको पोको लिन दिन बिराएर तछाड मछाड गरे भोक टारे । तर देश कहाँ छ , के भैरहेछ ? भन्ने सोच खासै कसैबाट सम्झनलायक सम्झना भएन । होस पनि कसरी यहाँ महामारिका बेला कालोवजारी गर्नेहरु रातदिन नभनी दौडिरहे । राहतका भोगीहरु हात मुख जोर्नै अघि सरे । अहिले प्रश्न जमिरहेको छ विभिन्न चियाको, अफिसको, खेलकुदको, चोक चोक गल्ली गल्ली पार्टी पौवा र चौतारामा के यो कोरोना भाइरस भन्ने रोगकै कारण यो सबै भएको हो ? विभिन्न तथ्य र तथ्यहिन विश्लेषणहरु खप्टिरहेका छन । धेरैको आकलन छ अह होइन यो तेस्रो वार हो यसमा माफियाहरुको खेल छ । बिश्व अर्थतन्त्र मास्न यो सब गरेको हो । त्यसो हो भने स्टक उत्पादन सबै सकिदा कालोबजारी हुदा अर्थतन्त्रले काम गरेन ? सेयर बजार ओरालो लाग्दा उत्पादित सामग्री किन एकाएक सकिए । झोलझाल खाने घर किन पाक्यो थरिथरिका परिकार ? के जनताले परिवार सङ्ग बसेर रिल्याक्स पारामा मज्जा लुटेन ? एक हप्ता चक्काजाम र हडताल हुदा सडकमा उफृने चप्पलहरु ६/६ महिना सम्म लकडाउन जारी रहदा के गोदाम मै थन्किएका हुन त ? कडा उत्तरको खोजिमा छन यी र यस्ता प्रश्न । तथापी विश्व डराएको यो महामारिमा नेपाल सहभागी नहुनु र अछुतो रहनु बिकल्प थिएन । भोग्नुपर्थ्यो भोग्यौ, हो हामिले सिक्यौ पाठ, अब आउनुस आफै आत्मनिर्भरको बाटो रोजौ । पार्टि पनि त आफनै पार्टी बनाउन लागे हामी पनि आफ्नै घर परिवार , हातमुख जोर्ने बाटो, र क्रियाकलापमा तल्लिन बनौ यो महामारी हो किनकी यो तपाईं हामी एक्लाएक्लै बनेर निस्कने समय हो । हामी बने देश बन्छ ।

कमेन्ट गर्नुहोस्