लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपथ्य भाग ३ : रवि बश्याल

IMG
.....दिउँसोको टन्टलापुरी घामले आत्तिएका मानिसहरू बर्खाको आस गरेर बसिरहेका थिए। आफ्नोे ललाटभरी आएका पसिनालाइ हत्केला खोपिल्टो पारी चोरी औँलाको सहायताले निचर्दै लामो सुस्केरा हालि सिमलको चौतारोमा ठ्याच्च बस्यो धन बहादुर।कद उच्च,आँखा अलिक भित्र गढेका ,शरीरमा स्टकोट र पस्मिनाले उनेको टोपी लगाउँथ्यो।त्यो गाउँबाट उसले मात्र स्नातक गरेको थियो र गाउँकै रियाले मावि को नेपाली शिक्षक। गाउँमा धने मास्टर उपनामले चिनिने गर्थ्यो। मास्टर भएकाले उसको गाउँमा ठुलो इज्जत थियो। क्रान्ति,लोकतन्त्र ,बहुदलीय जनबाद लगायतका राजनीतिक बिषयमा खुल्स्त रुपमा गाउँभरी भाषण गर्दै हिड्थ्यो। एकपटक त आन्दोलनमा होमिइ पन्चमुखियाको बिरोध गर्दा चिसो छिडीँमा पनि पुगेको थियो रे। केही बेर थकाइ मारेपछि ऊ स्कुल छेवैमा रहेको स्वास्थ्य चौकितिर लम्कियो। स्वास्थ्य चौकीमा डाक्टर  आयुस बिरामी मान्छे जाँचिरहेका थिय। ढोकामा उभिएको धने मास्टरलाइ देखेपछि डाक्टरले भित्र आउन आग्रह गरे, त्यतिकैमा धनेले डाक्टरलाई नमस्कार टक्रायो,डाक्टरले पनि नमस्कार फर्काए। सानो छदाँ एउटै सङ्गठनमा लागेका धने र आयुसबिचको मित्रता प्रगाढ थियो। समाजमा हुने बेथिति ,भेदभाब र थिचोमिचो विरुद्ध  आन्दोलनको बिगुल घन्काउने नेत्तृत्व उनिहरुले गर्थे। समयको चक्रभिउ सङ्गै आयुस भने डाक्टरी पढन सहर पसेको थियो।पढेर सक्नासाथ आफ्नो दरबन्दी आफ्नै गाउँमा परेकाले आयुस खुसी थियो। 


यत्तिका वर्षमा पनि यो गाउँमा परिवर्तन किन नआएको होला भन्दै दिक्क अनुहार पार्दै आयुसले धने सामु प्रश्न तेर्सायो। धने मास्टर एकछिन त निन्याउरो भएर बस्यो र जवाफ फर्कायो- यहाँ एक्लैले गरेर केही नहुँदो रहेछ मित्र, पोहोर गरीबमाथि थिचोमिचो भयो भनेर केहि युवाहरू मिलेर आन्दोलन गरौँ भनियो पन्चले पैसाले मान्छे किनेछन् भोलिपल्ट तै चुप मै चुप। झिङ्गाको सरापले डिङ् नमर्दो रहेछ साथी। परिवर्तनको लागि त ठुलै त्याग र बलिदान चाहिने रहेछ। नमरी त स्वर्ग पनि देखिँदैन परिवर्तनका कुरा त धेरै टाढाका हुन्। आयुसले पनि धनेका कुरामा हो मा हो मिलायो। यी सामन्तीले पनि गरिबीको मासु खाएरै छाडने भए हामी गरीब निमुखाको कुनै सरखार छैन त? अस्ति मुन्तिर घरकि दमिनी दिदीले तल्लाखर्क पधेँरामा पानी भर्न जादाँ बिचरी लाई गाउँका ठालू भनाउँदाहरुले थङथिलो हुने गरि कुटेछन्। मास्तिर सिरानमा बस्ने एकल बजैलाइ बोक्सी भनी गाउँबाट लखट्या मैले नदेख्या होर!मेरो पनि रगत त्यत्तिकै उम्लेको होइन तर यहि समाजमा भएर पनि केहि गर्न नसक्दा दिक्क लागेर आउँछ।यहि हो त समाजिक न्याय ? धने मास्टरले आयुसलाइ ढाडसदिदैँ चिन्ता नगर मित्र अब क्रान्ति गरि साम्यवाद सहितको नवीन समाज स्थापना गर्न म तिमीलाई सक्दो सहयोग गर्नेछु।घडीको सुइले ४ बजाएपछि दुवैजना आ-आफ्नो डेरातर्फ लाग्छन।

कमेन्ट गर्नुहोस्