लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओजोन तह विनासको असर र रोकथामका उपायहरु

IMG

ओजोन तह भनेको अक्सिजनको ३ अणु (o3) तीन परमाणुसँग मिलेर बनेको एक ग्यासको तह हो। यसको गन्ध तिखो हुनुको साथै यो ग्यास विशालु पनि हुन्छ । ओजोन तह पृथ्वीको वायुमण्डलको करिव ३० हजार फिट माथि स्थाई रुपमा बनेर बसेको हुन्छ । यसले सुर्यबाट आउने हानिकारक परावैजनी किरणहरुलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्दछ ।

वायुमण्लमा भएको अक्सिजन (o2 ) ग्यास सुर्यको विकिरणद्वरा विच्चेदन भई अक्सिजन परमाणु (o) मा परिवर्तन हुन्छ । उक्त अक्सिजन परमाणुमा फेरि अक्सिजन (o2 )  सँग मिलि ओजोन तह (o3 ) निर्माण हुन्छ । यसरी अक्सिजनबाट परावैजनी किरणहरुको प्रभावस्वरुप ओजोनको निर्माण हुने भएकाले यसलाइ अक्सिजनको एक माथिल्लो रुप भनिन्छ ।

पृथ्वीमा वातावरणीय संवेदनशीलताको प्रवाह नै नगरि भइरहेका मानविय क्रियाकलापले ओजोन तहको विनाशमा मुख्य भुमिका खेलेको छ । वर्तमान समयमा मानिस तत्कालका आवश्यकताको परिपूर्ति गर्नमा मात्र तल्लिन छ । भविष्यप्रतिको चिन्तन उसमा हुन नसक्नु नै हालको समस्या हो । संसारभरि नै र नेपालमा पनि वातावरण तथा ओजोन तह विनाशका कारण असर र न्यूनिकरणका उपाएका विषयमा विभिन्न तहमा शिक्षा दिइदै आएको छ । यस विषयको संवेदनशीलताप्रति प्राय सबै जानकार नै छन् तर व्यवहारमा कुनै परिवर्तन नै छैन् । त्यसैले त आज ओजोन तह २० प्रतिशतले  विनाश भइसकेको छ र अन्टार्कटीका महादेशमा त झन ८० प्रतिशतभन्दा बढि ओजोन तह विनाश भइ ओजोन दुलो नै परिसकेको छ । 


ओजोन तह बिनाशका कारणहरु

  मानिसले उपभोग गर्ने विभिन्न सामाग्रीहरुबाट निस्कने ९४ वटा रसायनले ओजोन तह विनाशमा मद्वत गर्दछ । त्यसमध्ये एउटा मुख्य रसायन क्लोरोफ्लोरो कार्वन हो जसमा सुर्यको किरण परेपछि क्लोरिनमा परिर्वन हुन्छ । क्लोरिनले ओजोनको अक्सिजनसँग प्रतिक्रया गरि ओजोन ग्यासलाइ घटाउने काम गर्दछ । क्लोरोफ्लोरो कार्वनको आयु १५० वर्ष हुन्छ । वायुमण्डलमा जति बढि क्लोरोफ्लोरो कार्वन भयो र ओजोन ग्याससँग प्रतिक्रया भयो त्यति नै बढि ओजन तह क्षयीकरण हुने गर्दछ । 

विश्वभर सञ्चालित विभिन्न उद्योगधन्दा कलकारखानाले उत्सर्जन गर्ने ग्यास, रसायनका कारण नै ओजोन तह पातलिन गएको हो । मानिसले आफ्नो आवश्यकता पुरा गर्न तथा विलाशीता प्रर्दशन गर्न प्रयोग गर्ने वस्तुका कारण नै वातावरणीय जोखिम बढ्न गएको हो । हामीले प्रयोग गर्ने सवारी साधनले निकाल्ने धुवा तथा फ्रिज, एसी जस्ता मेसिनरी उपकरणबाट निस्कने क्लोरोफ्लोरो कार्वन लगाएतका ग्यास र रसायनका कारण ओजोन तह विनाश हुदै गएको हो । त्यस्तै खेतबारीमा प्रयोग हुने रासायनिक एवम् किटनाशक औषधी र हामीले शरीरमा हाल्ने अत्तर अर्थात बडी स्प्रे अनि फ्याक्ट्रीमा प्रयोग हुने गन्ध आउने अत्तर अनि सुगन्धात्मक पदार्थहरुले ओजोन तह विनाश गर्दै लगेको छ । यस्ता स्प्रेमा क्लोरोफ्लोरो कार्वन हुन्छ र त्यसले ओजोन तह विनाश गर्दछ ।  


ओजोन तह बिनाशका असरहरु

 ओजोन तह विनाश हुनु भनेको सुर्यका हानिकारक किरण सोझै पृथ्वीमा आइपुग्नु हो । जसले मानव स्वास्थ्य लगाएत पृथ्वीमा रहेका सबै जीवजन्तु प्राणीलाइ असर गर्दछ । ओजोन तहको विनाशले क्यान्सर लगाएतका रोगहरुको वृद्धि गर्दछ र जलचर र थलचर सवैखाले जीवको अस्तित्वमा नै संकट पैदा गर्दछ । त्यसैगरि पृथ्वीको तापक्रम वृद्धि, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता समस्या देखा पर्नुका साथै पारिस्थिक प्रणालीमा समेत असर पर्दछ । सुर्यका परावैजनी किरण फिल्टर नभई पृथ्वीमा आउनाले मानिसमा छालाको क्यान्सर आँखाको रोग, सानसाना रुखविरुवाको विकासमा नकारात्मक असर, स्वासप्रश्वास सम्वन्धी रोग, मुटु रोग जस्ता समस्या निम्त्याउने र कोरोना र स्वायन फ्लु जस्ता माहामारी फैलाउन समेत मद्धत गर्दछ ।  त्यसैगरि जैविक विविधता र जलचर प्राणीको जीवनशैलीमा समेत ओजोन तहको विनाशले असर गर्दछ । यसरी समग्र रुपमा भन्नुपर्दा सम्पूर्ण प्राणी जगत्को अस्तित्व रक्षा गर्नमा नै समस्या ल्याउने काम ओजोन तहको विनाशले गर्दछ । 


ओजोन तह संरक्षणका उपायहरु

समग्र विश्व समुदायबाट ओजोन तह संरक्षणप्रति चासो प्रकट गर्दै संयुक्त राष्ट्र संघले सेप्टेम्बर १६ लाई विश्व ओजोन तह बचाउ दिवश मनाउदै आएको छ । यसको संरक्षणका लागि सबैतिरबाट चासो र चिन्ता लिदै ठोस किसिमका कार्य अगाडी बढाउनु पर्ने आवश्यकता वर्तमान समयमा रहेको छ । ओजोन तहको संरक्षणको मुख्य उपाय भनेको क्लोरोफ्लोरो कार्वन लगाएतका रसायनको उत्सर्जनमा प्रतिबन्ध गर्नु नै हो । त्यसैगरि यस्ता रसायनको विकल्प खोज्ने तथा यी रसायन प्रयोग हुने यन्त्र उपकरणको नै विकल्प खोज्नु पर्दछ । प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने पुनः प्रयोग र प्रशोधनमा जोड दिने तथा रासायनिक र किटनाशक औषधीको प्रयोगमा रोक लगाउने जस्ता कार्य गरेर पनि ओजोन तहको संरक्षण गर्न सकिन्छ । फ्रिज तथा एयरकन्डिसनको उत्पादनलाई ओजोन मैत्री बनाउनु पर्दछ । विशेष किसिमको नितिगत व्यवस्था नै गरि कानुन निर्माण गरेर त्यसलाई कडाईका साथ लागु गर्नुपर्दछ । समग्र प्राणी जगतको रक्षा गर्न र सुरक्षित र स्वस्थ विश्वको निर्माण गर्न ओजोन तहको संरक्षणमा भिष्मप्रतिज्ञाका साथ लाग्नु जरुरी छ । 

कमेन्ट गर्नुहोस्