लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हो, मैले पिए : सागर न्यौपाने

IMG

पैला मैले रक्सी पिए। पछि रक्सिले मलाइ पियो।

थाहा थियो यो गलत हो, यो अनैतिक हो। तर, एकैपल किन नहोस खुलेर जिए। आफ्नो लागि।


दिनभरी काम गरेको शरीर। फतक्कै गलेको थिए। ढोका खोले। खाना पकाउनी जागर आएन। आओस पनि कसरी, शरीर भन्दा धेरै दिमाग थाकेको थियो। अनि हत्केला भन्दा धेरै मन दुख्दै थ्यो।


घर फोन गरे। थोरै हालखबर सोधियो सन्चै छस-"अ ठिक छु त्यता नि" सधै को जवाफ। उनी हरु पनि यो भन्दा बढी कोट्याउन चाहेनन।


सायद यहि होला विदेश। यहि होला विदेश।

भोगिन्छ एक।

देखाइन्छ अर्को।

अनि देख्छन अर्कै।


अनि सधै झै कुरा पैसामै आइपुग्यो "छोरा कैले पठाउछस पैसा?" अनि निराशाजनक नै टुङ्गियो "अहिले मिलाउनुस, अर्को महिना पठाउला।"

म कसरी भनौ कि वहाँ लाई मेरो जागिर गयो अब पैसा पठाउदिन या पठाउन समय लाग्छ। भन्न त मन लाग्छ फेरि

बाको बूढो शरिर सम्झन्छु। बहिनी को आशाले भरिएको अनुहार सम्झन्छु। साहुको रिन अनि रिस सम्झन्छु। आमा को दैनिकी सम्झन्छु ।

अह सक्दिन भन्न, त्यो आस मार्न अनि सक्दिन खुशी पार्न पनि। सक्दिन।

एकै छिन सन्नाटा छायो आमाको आखामा निरासा अनि रिस छचल्किएको महशुस गर्न सक्थे।

अनि सधै झै उस्तै गरि रिसाउदै फोन काटिदिनुभयो।


हरेक दिन १६ घन्टा ५५° को तापक्रममा काम गर्ने फलामे शरिरमा पारिवारिक नैरास्यता ले अझ तौल थपिदियो। त्यस्माथी  मलाइ ढुङ्गाको मुटु थमाएर आफू रमाइरहेकी उनको के कुरा गरौ।

मनमै जन्मेर मनमै मरेका चाहनाहरुको बोझ। यसैमा सहिद भएर कफनमा बेरिएका सपना अनि गुम्सिएका र भन्न नसकेका अनि सुनेर नबुझिएका अनेक पीडा र निराशाका कथा।

सायद सन्सारकै सबैभन्दा गह्रौ चिज मै हु जस्तो लाग्छ।

तैरिन सकिरहेको थिइन अनि डुब्ने हिम्मत आउदैन। साच्ची कस्तो चिज हो यो 'सागर' गन्तव्य देखिदैन अनि यात्रा गर्नैपर्ने।

मुटु छचल्केर उम्लिरहेको थियो। कतिबेला मौका पाउला र पोखिउला झै गरि। आखामा निराशा छर्लङ्ग थिए। मन थाम्नै सकिन।

सुखदुख बाड्ने एउटै साथी थियो।

मेसेन्जरमा फोन गरे। उठेन।

खप्न नसकी मेसेज गरे- "केटा हेर न, आज कम्पनी बाट निकाल्दियो। परिस्थिति नाजुक छ। फ्लाइट बन्द छ अनि नेपाल आउने टुङ्गो छैन। अब खान बस्न पनि गार्हो होला जस्तो छ। बाहिर कोरोनाको डर। घरको रिन अनि दैनिकी। उफ्फ्स्स के गर्ने होला?"

सिन भयो तर रिप्लाइ आएन।

एकै छिन पछि भन्यो" अहिले यस्तै हो सिचुएसन, आफ्नो ख्याल गर"

एह। हो है। अहिले सिचुएसन पो गलत छ त। मैले ख्याल पो गर्नुपर्छ।

मलाइ थाहा थिएन यो कुरा।

धन्यवाद जानकारिको लागि तर मलाइ त बाट यो आशा थिएन।

मैले न पैसा मागे न सहयोग। थोरै समय मागेको कुरा गर्न तर मैले सिचुएसन को र आफ्नो ख्याल गर्न भुलेको रैछु।

सम्झाइदेको मा धन्यवाद।

आफ्नो भन्ने साथी हुन्छ। उ व्यस्त छ। मैले नबोलाउदा सम्म बोल्दैन।

अर्को परिवार हुन्छ उ रुष्ठ छ। काम परे आफै बोलाउछ ।


अर्को गर्ल्फ्रेन्ड हुन्छे उ पराइ भै। न बोल्छे न बोलाउछु।


सकिन मन थाम्न।

बाथरुम गएर डाको छोडेर रुन मन लाग्यो। चिथोर्न मन लाग्यो। चिच्याउन मन लाग्यो। भित्तामा मुक्का हान्न मन लाग्यो।

सायद यसरी नै होला पुरुषले आफुलाइ सम्हाल्ने। रिस पोख्ने।फ्रस्ट्रेसन उतार्ने।

रोएर समस्या को समाधान हुने भनेको या त बच्चा को या त स्त्री।


यस्तै सोचेर टोलाउदै थे एत्तिकै मा साथिले सोध्यो "रक्सी खाने?"

एकै छिन वास्ता गरिन किनकी आजसम्म पिएको थिइन।

फेरि बोल्यो "आइज बे टेन्सन हराउछ। बिदेशा यसरी कसैले सोद्धैन। एक पेग लगा। टेन्सन भगा"।


मन भित्रैबाट कताकता आश जाग्यो। के साच्चिकै टेन्सन भाग्छ त दुनिया ले भने झै?

सायद।

गरौ त ट्राइ?

फेरि बाले हिड्ने बेला रातो अक्षता लगाइदिदै-"आफ्नो ख्याल गरेस। धेरै पैसा कमाएस। कुलत मा नलागेस अनि जाडरक्सी नखाएस" भनेको याद आयो।

सोचे। पिउदिन।

सङ्गसङ्गै बाले मलाइ बिदेश पठाउदा बोकेको रिन अनि आज पैसा कमाउन नसकेको बोझ सम्झिए।

फेरि सोचे। चख्नुपर्यो।

"खोइ एक पेग बना" एति भन्दै जुरुक्क उठे।

अनि सोच्दै नसोची नाक निमोठेर घुटुक्क पारे। थोरै खोकी लाग्यो। उक्क।

"बाहुन परिस, यस्तै हो सुरुमा"

भन्दै अर्को पेग थप्यो। म हेरिरहे।

सकि नसकी फेरि निले। कुरा गर्दा गर्दै बर्बराउन थालेछु।

उ हकार्दै थ्यो। कुरा गर्दा गर्दै जोस्सिन थालेछु। कराउन थालेछु। गाली गर्न थालेछु। थकान, फ्रस्ट्रेसन, तनाव, पिर सब ओकल्न थालेछु। भक्भकाउन थालेछु।


पैला झै कसैको मत्लब नगर्ने, कसैसित नबोल्ने, आफ्नो काम मा मात्र ध्यान दिने शान्त रहिन म।


सायद म भित्र लुकेको म निस्कियो।

जुन अरुको खुशिको लागि दबाइएको थियो आज आफ्नो खुशिको लागि निस्कियो।

के रक्सि ले गर्ने एत्ति हो?

समस्याको समाधान। अस्थायी समाधान। अचल समाधान। तर अमुल्य समाधान। सायद। सायद।


फेरि एक पेग थपे।

झनै रिगाउन थाल्यो। रक्सिले भुलाउला भनेको उनको याद झन बेजोडले आउदो रैछ।

बस ध्वस्त पारेर नजाओस। उस्ले झै।

"उल्टि आउला झै भो" मैले भने। बाहिर जाने अवस्था रहेनछ सायद। बाल्टी आइपुग्यो। निले जति ओकले।

भित्तो को सहारा मा रित्तो शरीर बाथरुम सम्म डोर्याए। मुख खोकलेर फर्किदा अर्को पेग थप्नु मन थ्यो। उस्ले मानेन। दुई तले खाटको पहिलो तलामा लगेर बसाल्यो।

म फोन निकाले अनि देखियो। सधै झै तर तर आज विशेष लाग्यो। वालपेपर। रातो कुर्था मा उनी  अर्थात "शिखा"।


ब्लक गरेकी थिइ सामाजिक सन्जालमा नबोलेको पनि करिब ६/७ महिना भाको हुदो हो। नभेटेको त बर्षौ। तरपनी  वालपेपर मा देखिने यो मुस्कान ताजै लाग्छ। होल्ड गरेको थिए आफुलाइ। लाखौ कुरा थिए सुनाउनुपर्ने। तर सुनाउन आवश्यक नठानेर वा नपाएर मनभित्रै पोको परेको। गुम्सिएको। एकमात्र पहुच इ-मेल। खोले। उहीँ पुराना अनि लामा मेसेज स्क्रोल गर्दै केही अट्याचमेन्ट्स कोट्याए। मुस्कुराए। रमाए। आँखा चै रसाउदै थियो। अनि त के सम्हालिन्थ्यो।

आखिर मनै त हो। पुरुष भनेर हुन्छ?

आँसु त हो। मर्द भनेर हुन्छ?

अह।

एक्कासी फुट्यो गुम्सिएको गुनासो को पोको। निस्कियो देखिने "म" भित्र भएको "म" को वास्तविक फिलिङ्ग।

बुढी औला कपाउदै दबाए 'कम्पोज'

प्रीय शिखा,


म आफुलाइ बदलेर हेरे। तर बदलिएको 'म' मा तिमी थिइनौ। अनि तिमी भएको 'म' तिमीलाइ मन परेन।

थाहा छ तिम्रो त्यो खुल्ला अनि फिजारेर छोडिएको कपालको वासना म अझ महशुस गर्छु। लामो सास लिन्छु।अनि मुस्कुराउछु। एक्लै अनि एकान्त मा..... To be continued......

कमेन्ट गर्नुहोस्