लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘राष्ट्रियता भनेको भूगोलसँगै जनता पनि हो’ : महेश श्रेष्ठ

tillotmacitynews - 2020 May 30 04:44 AM
IMG

भूगोलको नक्सा परिवर्तन गर्न संसदमा प्रक्रिया सुरु गर्ने काम सरकारको हो, नकि प्रतिपक्षीको। बनिरहेको राष्ट्रिय सहमति बिथोल्न खोज्ने तत्वहरुलाइ फाइदा पुग्नेगरी एक आपसमा दोषारोपण गर्नु भनेको आफै धामी आफै बोक्सी बन्न खोज्नु हो। सस्तो लोकप्रियता हाँसिल गर्नका लागि अरुलाई दोषारोपण गरेर पन्छिने सत्तासिन दलको पुरानो चरित्रदेखि आम जनता वाकिफ छन् ।


२१औं शताब्दीमा पनि नेपाली जनताको चेतनाको स्तरलाई राणाकालिन युगसँग तुलना गरेर जे गरे पनि हुन्छ, भन्ने मनोबिज्ञानबाट ग्रसित शासकले जबसम्म शासन गरिरहन्छन र बिचरा कार्यकर्ताहरु जबसम्म हनुमानगिरिमा उत्रिरहन्छन्, तबसम्म नेतृत्वको यो प्रवृत्ति कायम रहने छ।



नेपाली जनता नक्सा मात्रै होईन भूगोल पनि छिटोभन्दा छिटो आफ्नो अधिनमा ल्याउन चाहन्छन् । त्यसैले सरकारले तत्काल संविधान संसोधनको प्रक्रिया अगाडी बढाओस । यदि उक्त प्रक्रियाबाट नेपाली कांग्रेस पछि हट्यो वा प्रक्रियामा बिमती जनायो, भने म लगायत म जस्तै हजारौं लाखौं राष्ट्रप्रेमी कांग्रसका कार्यकर्ता पार्टी परित्याग गरी राष्ट्रियताका लागि जस्तोसुकै बलिदान दिन तयार हुनेछौं।


आज कोभिड १९ को कारणले जनता भोकभोकै मर्न बाध्य हुने अवस्था आइसक्यो र परिक्षण रिपोर्ट सरकारले आर्यघाटमा लगेर दिँदैछ । हेर्दा लाग्छ सरकार आफ्ना सम्पुर्ण इन्द्रियहरु थुनेर बसेको छ । भरिया सुर्य बहादुर भोकै बाट मा मृत भेटिन्छन् र एउटा आमा ९भक्तपुरकि रमिला० ले ‘आफै बाँच्न अफ्ट्यारो भएकोले छोरीलाई जन्मने बित्तिकै मारेकी हुँ’ भनेर प्रहरीमा बयान दिन्छिन, लकडाउनका कारण ब्यबसाय चौपट हुने र परिवार पाल्न नसक्ने भन्दै काठमाडौं मै केही दिन अघि मात्र यक युबाले आत्महत्या गर्छन ।


यी त प्रतिनिधि घटना मात्र हुन सरकार । गफले गरिबको घरमा रोटि पाक्दैन र भोको पेटले राष्ट्रियता थाहा पाउँदैन, बुझ्दैन, चिन्दैन तसर्थ जनतालाई भोकै मर्ने अवस्थाबाट बचाउनु आजको प्रमुख आवश्यकता हो। आफै सरकारमा भएको पार्टीले जनता बचाउन कोरोना कोषमा कति रुपैयाँँको योगदान गर्‍यो र कोषमा जम्मा भएको पैसा हाल सम्मपनी जनतामाझ पुग्न नसक्नुमा को दोषी छ रु


सामाजिक संजालमा रोइलो गरेर राष्ट्रियता बलियो हुँदैन । यसका लागि त सरकार र जनता बिचको खाडल समाप्त हुनुपर्छ।अहिले भ्रमको खेती गरेर खोक्रो राष्ट्रबाद छताछुल्ल पार्ने बेला होइन, बल्कि संयमपुर्बक राष्ट्रिय एकता कायम गरी आफ्नो भुमी फिर्ता ल्याउने बेला हो।


जय नेपाल !!


महेश श्रेष्ठ

युवा नेता

(नेपाली कांग्रेस, दाङ)

कमेन्ट गर्नुहोस्