लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान

tillotmacitynews - 2020 May 03 11:05 PM
IMG

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीबाट सरकारको सिफारिसमा वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान भएको हो ।


मन्त्रिपरिषदको आइतबार बसेको बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस्