लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार नाघ्यो, संक्रमितको संख्या ९ लाख ६० हजार

tillotmacitynews - 2020 Apr 26 03:18 PM
IMG

काठमाडौं, बैशाख १४  । कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार नाघेको छ ।


नेपाली समयअनुसार शनिवार विहान सम्म ५४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा  ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ६५१ पुगेको छ ।


अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ८८ हजार ११५ जनामध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर रहेको छ ।

कमेन्ट गर्नुहोस्