लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि

tillotmacitynews - 2020 Apr 27 02:30 AM
IMG

१४ वैशाख, काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।


आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको छ ।


नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्