
भद्रपुर, झापा : झापाको दमक नगरपालिका( ३ बस्ने एक वृद्धामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ६२ वर्षीय द्धामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।
झापामा कोरोनाका बिरामी थपिएसँगै नेपालमा सङ्ख्या ४९ पुगेको छ। यता दमक नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार दुबईबाट आएका दमक(३ बस्ने २८ वर्षीय युवकको आरडीटी परीक्षण गर्दा उनलाई एन्टिबडी पोजेटिभ देखिएको थियो ।
उनलाई एन्टिबडी पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि आरडीटीबाट कोरोना परीक्षण गरिएको थियो। परीक्षण गर्दा युवकको बुवा र आमालाई पनि कोरोना एन्टिबडी पोजेटिभ देखिएको थियो। श्रीमतीको आरडीटी रिपोर्ट चाहिँ नेगेटिभ आएको थियो। एकै परिवारका तीन जनामा एन्टिबडी पोजेटिभ देखिएपछि परिवारका सबैको स्वाब थप परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
कमेन्ट गर्नुहोस्