
तिलोत्तमा । तिलोत्तमामा अहिले लिस्नु कप र झरनाकपको गरमागरमी छ। कोटिहवमा प्रतिष्ठित लिस्नु कपको एउटा सेमिफ़ाइनल खेल र फाइनल खेल बाँकी छ भने यता झरना कप बुधबार बाट भर्खर शुरु भएको छ।
कोटिहवामा जारी लिस्नु कपमा शुक्रबारको सेमीफाइनल खेल आयोजक लिस्नु र देवदह ब्वाईज बीच हुने छ भने तिलोत्तमा–६ कुञ्जलापुरमा जारी ३८औँ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत असोज १६ गते शुक्रबार आयोजक झरना स्पोर्ट्स क्लब कुञ्जलापुर र जनज्योति डिङ्गरनगर बीच खेल हुनेछ । लिस्नु कपमा असोज १८ गते आइतबार हुने आयोजकले जनाएको छ भने यता असोज २५ गते हुने फाइनलका लागि झरना कपमा १२ टोलीले प्रतिश्प्रधा गर्दैछन।
प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजक झरना स्पोर्ट्स क्लबले जनाएको छ भने यता लिस्नु कप प्रतियोगिताको विजेताले रु. ३ लाख ५१ हजार १ सय ११ तथा उपविजेताले रु. २ लाख १ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्