लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एन–प्याब्सनद्वारा रुपन्देही स्तरीय चित्रकला प्रतियोगिता

IMG

भलवारी। राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, एन–प्याब्सनको आयोजनामा रुपन्देही जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । तिलोत्तमा–७, भलवारीस्थित सेन्ट जोसेफ इङ्ग्लिश हाईस्कुलमा आयोजित प्रतियोगितामा जिल्लाका १४ विद्यालय सहभागी थिए । प्रतियोगिताको सिनियरतर्फ ग्लोरी बोर्डिङ स्कुलकी आराध्या निसाद प्रथम, देवदह इङ्ग्लिश बोर्डिङ स्कुलकी सुदीक्षा श्रेष्ठ द्वितीय, बुटवल ग्लोरीकी शिक्षा राना तृतीय तथा सिद्धार्थ ग्यालेक्सी पब्लिककी मंजिला श्रीस सान्त्वना हुनुभयो ।


जुनियरतर्फ देवदह बोर्डिङ स्कुलका साइमन थापा प्रथम, नमूना एभरग्रीन इङ्ग्लिश बोर्डिङ स्कुलका कृष कलवार द्वितीय, सिद्धि चिल्ड्रेन एकेडेमीकी कुसुम कुँवर तृतीय तथा लाइफ क्रिएशन एकेडेमीकी कृतिका यादव सान्त्वना हुनुभयो । सिनियर र जुनिायर दुवै समूहका विजेतालाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका उपप्रमुख तथा प्रमुख अतिथि जगेश्वरदेवी चौधरीले यसखाले प्रतियोगिताले विद्यार्थीको सिर्जनशीलता, आत्मअनुशासन, लगनशीलता र अतिरिक्त प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यार्थी लक्षित कार्यक्रम आयोजना गर्न आयोजकलाई आग्रह गर्नुभयो ।


एन–प्याब्सनका कार्यबहाक अध्यक्ष अमित यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन–प्याब्सनका केन्द्रीय सदस्य दिलप्रसाद गुरुङ, कार्यक्रम संयोजक लक्ष्मण अर्याललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा जुनियरतर्फ कक्षा १ देखि ५ सम्मका विद्यार्थीले ‘मेरो सपनाको विद्यालय’ र कक्षा ६ देखि १० सम्मकाले ‘वातावरणीय स्वच्छता’ विषयमा चित्र कोरेका थिए ।

कमेन्ट गर्नुहोस्