लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्रिकेटरको नयाँ श्रेणी र पारिश्रमिक सार्वजनिक

IMG

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको श्रेणी विभाजन गर्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहनेको नाम सार्वजनिक गरेको छ । क्यानले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै श्रेणी सार्वजनिक गरेको हो ।क्यानले सार्वजनिक गरेको श्रेणी ए प्लसमा रहेका खेलाडीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ ।


यस्तै श्रेणी ए मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी हुनुहुन्छ । यस्तै श्रेणी बी मा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव रहनुभएको छ ।यस्तै श्रेणी सीमा अनिलकुमार शाह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहव आलम, शेर मल्ल र सन्दीप जोरा रहनुभएको छ ।डेभलप्मेन्ट श्रेणीमा अर्जुन घर्ति, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रसिद खान, रिजन ढकाल, सन्तोष यादव, तृतराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जिसी पर्नुभएको छ। क्यानले श्रेणी ए का लागि प्रति महिना एक लाख २० हजार, ए का लागि एक लाख, बी का लागि ७५ हजार, सी का लागि ५५ हजार र  डेभलप्मेन्ट श्रेणीमा पर्ने खेलाडीका लागि ३५ हजार पारिश्रमिक तय गरेको छ । 


महिलामा इन्दु, पूजा, रुविना र सीता ए मा 

यस्तै क्यानले २५ महिला खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेट्दै श्रेणी विभाजन गरेको छ । जसहनुसार श्रेणी ए मा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महत्तो, पूर्वकप्तान रुविना क्षेत्री र पूर्वउपकप्तान सीता रानामगर हुनुहुन्छ ।श्रेणी बी मा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का तथा श्रेणी सीमा विन्दु रावल, कविता जोशी, रिया शर्मा र रुवी पोद्दार हुनुहुन्छ ।यस्तै डेभलप्मेन्ट श्रेणीमा अनु कडायत, अश्मिना कर्माचार्य, इश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, सावित्री धामी, साना प्रविण, सिमाना केसी, सोनी पाख्रिन, सुमन विष्ट र यशोदा विष्ट रहनुभएको छ ।क्यानले ए मा रहनेखेलाडीलाई मासिक ५५ हजार, बी मा रहनेलाई ४० हजार, सी मा रहनेलाई ३० हजार र डेभलप्मेन्ट श्रेणीमा रहेकालाई मासिक २५ हजार रुपियाँ पारिश्रमिक तय गरेको छ । क्यानले सबै श्रेणीमा पर्ने महिला खेलाडीको पारिश्रमिक पाँच हजारका दरले बढाएको हो । 

कमेन्ट गर्नुहोस्