लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रास्वपाले छान्यो रूपन्देहीका आठ पालिकामा नयाँ नेतृत्व

IMG

सिद्धार्थनगर, जेठ १० गते ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीका विभिन्न पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।


जिल्लाका आठ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको र बाँकी पालिकामा पनि केन्द्रले तोकेको समयसीमाभित्र अधिवेशन सम्पन्न हुने रास्वपा रूपन्देहीका सभापति डा.बद्री शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार नेतृत्व चयन भएका आठ वटा नगरमध्ये पाँच वटामा सर्वसम्मत र तीन  स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।


बुटवल, गैडहवा र तिलोत्तमा नगरपालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो भने अन्य पालिकामा सहमतिमै नेतृत्व टुङ्गिएको शर्माले बताउनुभयो । रुपन्देहीको कञ्चन गाउँपालिकाको सभापतिमा प्रेमचन्द्र पोखरेल, शुद्धोधन गाउँपालिकामा बैदलाल शर्मा र सियारी गाउँपालिकामा रुद्रलाल शर्मा, यस्तै बुटवल उपमहानगरपालिकाको प्रथम अधिवेशनबाट राजेश्वर (राजन) पाण्डे पुनः सभापतिमा निर्वाचित हुँदा तिलोत्तमामा रुस्तम कँडेल दोहोरिनुभएको छ ।


त्यसैगरी सैनामैनामा लक्ष्मण पौडेल, मायादेवी गाउँपालिकामा हरि कुँवर तथा गैडहवा गाउँपालिकामा ओमप्रकाश भट्टराई सभापतिमा चयन भएका छन् । आगामी जेठ १४ गते देवदह नगरपालिकाको तथा जेठ १६ गते सिद्धार्थनगर नगरपालिकाको अधिवेशन गर्ने तयारी भएको सभापति डा. शर्माले बताउनुभयो । रुपन्देहीमा कुल १६ वटा स्थानीय तह छन् ।

कमेन्ट गर्नुहोस्