लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्याब्सन रुपन्देहीद्वारा १ दिने नेतृत्व विकास तालिम:शिक्षा क्षेत्रलाई परिमार्जन गर्न विधि र पद्धतिमा केन्द्रित

IMG

तिलोत्तमा । माघ २८ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रुपन्देहीद्वारा नेतृत्व विकास तालिम बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षतामा रहेको १ दिने तालिममा प्याब्सनका केन्द्रीय सल्लाहकार डिके ढ्ङ्गानाले प्रशिक्षण दिनुभएको थियो । वहाँले शिक्षा क्षेत्रलाई परिमार्जन गर्न अपनाउन सकिने विधि र पद्धति तथा नेतृत्वमा रहेका व्यक्तिहरुको शिक्षामा के कस्तो भूमिका निर्वाह गर्न सक्छन त ? भन्ने विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।


प्याब्सन रुपन्देहीमा आवद्ध विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधी गरी करिब १ सय भन्दा बढीको सहभागितामा तालिम सम्पन्न भएको हो । कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज टिकाराम न्यौपाने, प्याब्सनका केन्द्रीय सचिवालय सदस्यहरु यज्ञमुर्ति पाण्डे र खेमेन्द्र राना, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे लगायतले मन्तव्य दिनुभएको थियो ।  प्याब्सन रुपन्देहीका उपाध्यक्ष भोजराज पौडेलको स्वागत मन्तव्य तथा सचिव बोधराज गौडेलको सन्चालनमा तालिम कार्यक्रम सम्पन्न भएको थियो । 

कमेन्ट गर्नुहोस्