
मणिग्राम । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ काे मेला राेमाञ्चक हुदै गएकाे छ।चर्चित लोक तथा दोहोरी पशुपति शर्मा आज अर्थात् मङ्सिर १८ गते मा आउने हुने भएको छ । स्याङ्जा जिल्ला निवासी गायक शर्माले आज तिलोत्तमा महोत्सवमा प्रस्तुति दिने आयोजकले जनाएको छ ।शर्माले आज करिव २ दर्जन गीत गाउने र दर्शकलाई भरपुर मनोरंजन दिलाउने बताएका छन्।पछिल्लो समय रुपन्देही आसपासमै रहेका उनि केहिदिन अगाडी मात्रै बुटवल आएका थिए।
महोत्सवमा शर्मा सहित गायक बिष्णु रुचाल,गायिका कोपिला न्यौपाने,गायक दिपु मगर, डिजे तथा सोनी डान्स र गोल्डे स्टार कला केन्द्रको प्रस्तुति, डान्स आइडल र स्थानिय कलाकारहरुको सांस्कृतिक बिशेष प्रस्तुति रहनेछ ।महाेत्सव आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले मेलामा दर्शककाे भिड बढ्उदै गएकाे बताउनुभयाे ।
दर्शकले लन्डन टावरब्रिज र फ्रान्सटावरमा सेल्फीको मोह बढाएको र होटल रेस्टुरामा समेत एउटै डिजाइनका फ्लेक्सले दर्शकलाई तानेको बताउनुभयो। सेल्फी खिच्ने र तस्बीर लिनेहरु परिवार नै आउदा मेलाले थप उर्जा पाएको उहाँको भनाई छ। तिलोत्तमा उद्योग व्यापार सङ्गठनको आयोजनामा मङ्सिर १५ गतेबाट तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्रामचोक देखि १ किलोमिटर दक्षिण मैदानमा सुरु भएको महोत्सव पुष १ गतेसम्म चल्नेछ ।
कमेन्ट गर्नुहोस्