
मोक्षधाम। नेपाल तरुण दल तिलोत्तमा नगर समितिद्वारा आफ्नो ७३ औ स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम मोक्षधममा करिव २५ हजार बराबरको खाद्यान्न सहित खाना खुवाउने कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य गङ्गा शाहीले समाजसेवामा समर्पित तरुण दलले गरेको मानवीय सेवाको कामले थप उर्जा मिलेको बताउनुभयो। सो कार्यक्रमको बारेमा बोल्दै उहाँले तरुण दलले समाजका लागि गरेको योगदानको कदर गर्दै नेपाली कांग्रेसको ईतिहास बचाउन र समृद्ध समाज निर्माण गर्न सदैव तत्पर रहन आग्रह गर्नुभयो।सो कार्यक्रममा बोल्दै पुर्व जिल्ला सभापति रामचन्द्र ढकालले तरुण दलले मानवसेवामा समर्पित भै गरेको कामको उच्च प्रशंसागर्दै स्थापनाका दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभयो।कार्यक्रममा बोल्दै तरुण दलका भूपू केन्द्रिय सचिव चिरन्जीवी जोशीले मानव जातिको सेवामा लागी समाज बिकासमा टेवा दिने कार्य गरेकोमा तरुण दललाई धन्यवाद ज्ञापन गर्नुभयो।
खिम क्षेत्री स्वागतबाट शुरु भएको कार्यक्रममा तरुण दलका कार्यबाहक अध्यक्ष होम प्रसाद पौडेलको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गङ्गा शाही, पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल , तरुण दलका पुर्व केन्द्रिय सचिव चिरन्जीवी जोशी, नेपाली कांग्रेस महाधिबेशन प्रतीनिधि बाला कुमारी घिमिरे,महाधिबेशन प्रतिनिधि चिरन्जीवी पौडेल,चित्रबहादुर केसी, बिना न्यौपाने, रुपन्देही क्षेत्र नम्बर २ क को प्रदेश उपसभापति तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर-६ का अध्यक्ष गणेश पाठक, नगर सभापति हरिलाल पाण्डे,वार्डनम्बर ५ का अध्यक्ष रमेश डुम्रे, वार्ड नम्बर २ का वडा अध्यक्ष डिल बहादुर भट्टराई, वडा नम्बर ५ का सदस्य हरि पन्त, जिल्ला सदस्य राजकुमार वाग्ले,तरुण दलका केन्द्रिय पार्सद बृजेश न्यौपाने, तिलोत्तमा -९ का अध्यक्ष ध्रुव न्यौपाने, लक्ष्मण गौतम, देवी प्रसाद न्यौपाने, कोपिला काफ्ले, कालिका अधिकारी लगायत तरुण दलका नेता कार्यकर्ताहरुको बाहुल्य उपस्थिति रहेको सचिव अर्जुन क्षेत्री हापुले जानकारी दिनुभयो। कार्यक्रमको संचालन सचिव अर्जुन क्षेत्री हापुले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्