लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ब्रिटिस ग्रामरमा संस्कृति संरक्षण गर्न दशैँ महोत्सव सम्पन्न

IMG

सेमरी। विजयदशमी २०८२ को पावन अवसरमा ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा भव्य कार्यक्रमका बिचमा दशैँ महोत्सव सम्पन्न भएको छ। दशैँ पर्वको महत्त्व , यसको धार्मिक र ऐतिहासिक पक्ष आदिलाई बालबालिकालाई बुझाउने उद्देश्यका साथ सम्पन्न महोत्सवमा विद्यार्थीले नाटक , नृत्य र गायन प्रस्तुत गरेका थिए । मूल रुपमा विद्यार्थीमा अन्तरनिहित गायन र नाटक क्षमतालाई प्रस्फुटन  गर्ने मूल थिम रहेको यस महोत्सवमा कक्षा पिजीदेखि बारसम्मका विद्यार्थीले नाटकका माध्यमबाट दश‌ैमा नवरात्रको महत्व , टीकाजमरा र आशीर्वादको महत्व  लगायतका विषयमा  झाँकीसहित प्रस्तुति गरेका थिए भने दशैसँग सम्बन्धित  गीत र नृत्यका माध्यमबाट दशैको वास्तविक झल्को झल्काएका थिए ।


कक्षा १० का विद्यार्थी  केनिथ श्रेष्ठको अध्यक्षता तथा विद्यालयका संस्थापक श्यामलाल खरेलको प्रमुख आतिथ्यत रहेको महोत्सवमा  विद्यालयका शैक्षिक सहप्राचार्य महेश पौडेलले  दशै पर्वबाट हामीले  सिक्नु पर्ने विषय सङ्क्षिप्त रुपमा राखेका थिए । विभिन्न तहका २४ जना विद्यार्थीले सञ्चालन  गरेको महोत्सवको संयोजन अतिरिक्त कृयाकलाप प्रमुख  रोमा शर्माले गरेकी थिइन ।महोत्सवको अन्त्यमा कक्षा पिजीदेखि १२ सम्मका करिब ५५० विद्यार्थीलाई  टीका , जमरा , शुभकामना  र दक्षिणा सहित मिष्ठान भोजन वितरण गरिएको र असोज २१ गते पूर्णिमासम्म दशै विदा गरिएको विद्यालयका संस्थापक प्राचार्य तथा सञ्चालक राजेन्द्र  कुँवरले बताउनु भयो।

कमेन्ट गर्नुहोस्