
ओमसतिया। यस बर्षको एसईई मा जम्मा ३ सय २० जनामा १ सय २३ जना पास गराउन सफल ओमातिया गाउँपालिकाका विद्यालयले शैक्षिक गुणस्तर अझ बढाउन शैक्षिक अन्तरक्रिया गरेको छ। एसईई २०८२ को नतिजा सन्तोषजनक भएको तर अझ उत्कृस्ट बनाउन सो छलफल तथा अन्तरकृया कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव सोनुको भनाई छ।कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव सोनुले राम्रो रिजल्ट कसरी ल्याउने भनेर योजना सहित लाग्न सुझाब दिनुभएको थियो ।
एसईईमा ओमसतिया गाँउपालिकाको ५ वटा सामुदायिक मा वि को १ सय ९९ विद्यार्थी परिक्षामा सहभागी भएका थिए । त्यसमा ४४ जना विद्यार्थी उत्तीर्ण भएका थिए । भने संस्थागत तर्फ ६ विद्यालयबाट १ सय २१ जनामा ७९ जना पास भएका थिए। शैक्षिक गुणस्तर बढाउन तथा शैक्षिक क्रियाकलापलाई अझ उजागर गर्न गाउँपालिकाले विद्यालयका प्र.अ. र विषयगत शिक्षकसँग आगामी दिनमा शैक्षिक क्षेत्रमा सुधार गरेर राम्रो नतिजा ल्याउन सकिन्छ भनेर छलफल तथा अन्तरकृया कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सुनिता चौधरीले शैक्षिक सुधारको मुख्य अंश शैक्षिक लगानी र शैक्षिक लाग्व भएको बताउनुभएको छ। कार्यक्रममा शिक्षा अधिकृत हरि प्रसाद पोखरेल , वडा नम्बर ६ का अध्यक्ष शिव कुमार धवल , वडा नम्बर ५ का अध्यक्ष मदन प्रसाद पोखरेल , वडा नम्बर ४ का अध्यक्ष अखिलेश्वर पाण्डे, वडा नंबर ३ का अध्यक्ष प्रकाश सिँ चौधरी , २ का शित्तल जी टी र १ का सदस्य विनोद प्रसाद घिमिरे लगायतले आगामी दिनमा शैक्षिक क्षेत्रमा थप सुधार गर्न सबैको हातेमालो जरुरी रहेको बताउनु भएको थियो। अन्तरक्रियामा शिक्षक अष्ठभुज राय , अनिता शर्मा लगायतले समग्रमा रिजल्टको मूल्यांकन, विद्यालयको मूल्यांकन र विषयगत शिक्षकको मूल्यांकन धेरै प्रभावकारी रहेको बताउनुभएको थियो। सहभागीहरुले आगामी दिनमा अझ राम्रो रिजल्ट ल्याउने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्