
बुटवल। प्रभातमै झरेको बोलको गीत युट्युब मार्फत सार्बजनिक भएको छ। पारिजातको फुल शिर्षक दिइएको सो भिडियो मंगलबार सार्बजनिक भएको हो। लामो समय रामकृष्ण ढकालको आवाजमा गीत सुन्न नपाएका संगीत पारखीहरुलाई यो उपहार हुन सक्छ। सार्बजनिक गीत, संगीतमा ढकालले दिएको आवाजले जो कसैको मन छुन सक्छ।
रामकृष्ण ढकालको स्वर शेखर बिकल्पको शब्द केशव ज्ञवालीको संगीत रहेको गीत ‘पारिजातको फूल’ रिलिजसंगै दर्शकको साथ् राम्रै पाएको छ । भिडियोमा निर्देशन बिष्णु भट्टराइले गर्नुभएको छ । लामो समयपछि अभिनयमा फर्केका सुरज पन्थको मुख्य भुमिका रहेको यस भिडियोमा ब्युटिफुल मोडल श्रुति गिरी र राज अर्यालले अभिनयमा साथ दिएका छन् । गीतलाई K&B MUSIC ENTERTAINMENT युट्युब च्यानलमा हेर्न सकिन्छ।
कमेन्ट गर्नुहोस्