लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न सम्झौता, सबै प्रसूति सेवा निःशुल्क

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले क्रिमसन अस्पतालसँग ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरेको छ।नगरप्रमुख रामकृष्ण खाण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र क्रिमसन अस्पताल संचालन तथा व्यवस्थापन समिति अध्यक्ष दुर्गा प्रसाद पाण्डेबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो।


यो कार्यक्रम नेपाल सरकारअन्तर्गत सञ्चालित आमा सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको एक उदाहरण हो, जसअन्तर्गत तिलोत्तमा नगरवासी तथा अन्य छिमेकि नगरपालिका र अन्य जिल्लाला महिलाहरूलाई प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ।कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको अत्यधिक चापलाई समेत कम गर्ने अपेक्षा गरिएको छ। 


सेवा सहज र छिटो उपलब्ध गरिने व्यवस्था भएकाले मातृ मृत्यु दरमा उल्लेखनीय सुधार आउने विश्वासका साथ तिलोत्तमा नगरपालिकाले यो कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको सफल र उल्लेखनीय उपलब्धि मानेको नगरप्रमुख खाणले भन्नुभयो | नगर क्षेत्रभित्रका सबै महिलाहरूको सहज पहुँच सुनिश्चित गर्ने यो पहलले सुरक्षित मातृत्वतर्फ नगरको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

कमेन्ट गर्नुहोस्