
तिलोत्तमा सिटी,२०८२ जेठ १ गते । तिलोत्तमा नगरपालिकामा आज श्रवण दृष्टिविहिन अभिभावक समाज रुपन्देहिको आयोजनामा मा श्रवण दृष्टिविहिन अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ। समाजमा रहेका श्रवण दृष्टिविहिन अपाङ्गता बालबालिका तथा युवा युवतिहरुको शिक्षामा पहुँच,क्षमता विकास तथा विविध स्वास्थ्य परिक्षण , परामर्श गर्ने कार्यमा यस संस्थाले सहकार्य गर्दै आएको संस्थाले तिलोत्तमामा पनि सेवा प्रदान गर्दै आएको छ । समाजका सबै बालबालिकाहरुलाइ शिक्षा प्राप्त गर्ने , आधारभुत सेवा प्राप्त गर्ने अधिकार रहेको र श्रवण दृष्टिविहिन अपाङ्गता भएका बालबालिकालाइ सरकारले पनि विविध सुविधा प्रदान गरिरहेको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बताउनुभयो। समाजमा रहेका श्रवण दृष्टिविहिन अपाङ्गता भएका बालबालिकालाइ पहिचान गरी उनिहरुलाइ शिक्षा , स्वास्थ्य प्रदान मा श्रवण दृष्टिविहिन अभिभावक समाज रुपन्देहिले सहयोग गर्दै आएको छ र उनिहरुलाइ निःशुल्क शिक्षा , स्वास्थ्य तथा विविध सेवा पनि उपलब्ध रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी , १७ ओटै वडाका स्वास्थ्य चौकि प्रमुख लगायत १७ ओटै वडाका स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो। जुन कार्यक्रमको सहजकर्ता शङकर चैसिर र प्रेम आचार्य हुनुहुन्थ्यो।
श्रवण दृष्टिविहिन अभिभावक समाज, रुपन्देहिको कार्यालय तिलोत्तमा ५ मणिग्राममा रहेको छ। जसले श्रवण दृष्टिविहिन अपाङ्गताका शिक्षा , स्वास्थ्य क्षेत्रलाइ प्राथमिकता दिने गरेको सहजकर्ता प्रेम आचार्यले बताउनुभयो। संस्थाको सहकार्यमा तिलोत्तमा भित्रका ११ जना विधार्थिहरुलाइ शान्ति नमुना स्कुलमा शिक्षा प्रदानको वातावरण तयार भएको छ। स्थानिय पालिका, प्रदेशहरुमा उनिहरुको वकालत गर्ने कार्य लगायत श्रवण दृष्टिविहिन अपाङ्गता र अभिभावकहरुलाइ क्षमता विकास, नेतृत्व विकास, सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने सहजकर्ता आचार्यले बताउनुभयो। संस्थाले पिछडिएका क्षेत्रमा घर घरमै गएर सेवा प्रदान गर्ने पनि उहाँले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्