लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुष्पान्जली मन्टेश्वरीमा दीक्षान्त समारोह

IMG

तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमा ७ भलवारीमा रहेको पुष्पान्जली मन्टेश्वरी स्कुलको दीक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । बिहिबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले मन्टेश्वरी विधिअनुसार पठनपाठन गरेका विद्यार्थीहरुमा असल सँस्कारको विकाश अत्यन्तै छिटो हुने गरेको बताउनुभयो । वहाँले बालबालिकाको मनोबैज्ञानिकतालाई बुझेर पटनपाठन गराइने भएकाले पनि पछिल्लो समय मन्टेश्वरी शिक्षण पद्धतितर्फ अभिभावकहरुको रुचि बढेर गएको बताउनुभयो । 


कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चौधरीले असल अभ्यास सहित बालबालिकालाई पठनपाठन गराइरहेको पुष्पान्जली मन्टेश्वरी स्कुलले स्थापनाको छोटो समय मै आफुलाई अब्बल सावित गरेको बताउनुभयो । विद्यालयका अध्यक्ष नन्दा गुरुङ्गको अध्यक्षता रहेको कार्यक्रममा न्यु होराइजन स्कुल बुटवलका कोअर्डिनेटर तथा अभिभावक प्रकाश गौतम, युनिर्भसल मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरका लक्ष्मी पोख्ररेल, प्याब्सन नवलपरासी अध्यक्ष डम्मर गुरुङ्ग, टेकनारायण ढकाल, माधव भण्ढारी, नारायण पाण्डे, आरपी गुरुङ्ग लगायतले बोल्दैै पुष्पान्जली मन्टेश्वरीको शिक्षण विधि आफैमा उत्कृष्ट र एउटा असल अभ्यासका रुपमा परिमार्जित हुदै गएको बताएका थिए । प्रिन्सिपल पुष्पा गुरुङ्गको स्वागत रहेको कार्यक्रममा स साना विद्यार्थी नानीबाबुहरुले गीतसँगीत, नृत्य तथा भाषणकला लगायतका विभिन्न विधामा आ आफ्नो कलात्मक प्रस्तुति दिएका थिए । २०७८ सालमा स्थापना भएको पुष्पान्जली मन्टेश्वरीमा हाल ९१ जना विद्यार्थी अध्ययनरत रहेका छन । 


कमेन्ट गर्नुहोस्