लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एन्जियो प्लाष्टी

IMG

बुटवल ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक एन्जियोप्लाष्टी गरिएको छ । वरिष्ठ कार्डियोलोजिष्ट डा. रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय पुरुषको एन्जियोप्लाष्टी गरिएको हो । पहिलो पटक बिरामीको एन्जियोप्लाष्टी सफल भएकोमा खुसी व्यक्त गर्दै डा. घिमिरेले मुटु रोग उपचारमा थप नयाँ उपलब्धि प्राप्त भएको बताए ।मुटु रोग उपचारका लागि सेवाग्राहीलाई काठमाडौं वा अन्यत्र जानुपर्ने वाध्यता अन्त्य गर्न अन्य सेवाहरु समेत थप गर्न आवश्यक रहेपनि अहिले सुरु गरिएको एन्जियोप्लाष्टी सेवा यस क्षेत्रका जनताका लागि ठूलो खुसीको कुरा भएको उल्लेख गरे । एन्जियोप्लास्टी एक गैर-सर्जिकल प्रक्रिया हो जसले हृदयमा रगत आपूर्ति गर्ने नसाहरूमा अवरोध हटाउन मद्दत गर्दछ। यस प्रक्रियामा स्थानीय एनेस्थेसिया प्रयोग गरिन्छ ।


विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी अस्पतालमा मुटुरोग उपचारका लागि अन्यत्र जान नपर्नेगरी विभिन्न सेवाहरु थप गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जनाए । अस्पतालमा क्याथल्याव सेवा अन्तरगत १ जनाको स्थायी पेसमेकर राख्नुका साथै ३ जनालाई अस्थायी पेसमेकर राख्ने काम समेत सफल भएको छ । क्याथल्याव सेवा सुरु भएपछि हालसम्म ८० जनाको एन्जियो ग्राफी गरिएको तथ्याङ्कमा उल्लेख छ ।अस्पतालमा केहीअघिदेखि ट्रेड मिल टेस्ट(टिएमटी) सेवा समेत सञ्चालन गरिएको छ । यसबाट मुटुका नशाहरुमा ब्लकेजहरु भए/नभएको थाहा पाउन सकिने र सोही अनुसार उपचार गर्न सजिलो हुनेछ । अस्पतालमा पेरिकार्डियो सेन्टेसिस, होल्टर इसिजी लगायतका सेवा समेत सञ्चालनमा आएका छन् ।

कमेन्ट गर्नुहोस्