
तिलोत्तमा, पौष २७।रिभर साइड युवा क्लब तिलोत्तमा-६ गोरकट्टा रूपन्देहीको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको माघी पर्व मनाउने क्रममा सोही अवसर पारेर आफ्नै क्लबको कार्यालय परिसरमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिवस थापाले बताए। रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थापाले जानकारी दिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सबैको साकोसका सल्लाहकार खुम बहादुर थापाले माघीको अवसरमा गरिएको रक्तदान कार्यक्रमले समाजमा युवाहरुमा एकता ल्याउने र समाजको बिकासमा उल्लेख्य योगदान दिने बताए।
सो अवसरमा बोल्दै बिशिष्ठ अतिथि तिलोत्तमा कार्यपालिका सदस्य नर बहादुर छन्तेलले राष्ट्रिय एकता दिवस र माघिको अवसरमा क्लबले विभिन्न कार्यक्रम आयोजन गर्न लागेकोले क्लबको सबै कार्यक्रमको सफलताको कामना गरे। कार्यक्रमममा सबैको सकोसका अध्यक्ष भरतराज भुसाल,उपाध्यक्ष चुरामणी पाण्डे, तिलोत्तमा आमा समुहका अध्यक्ष गोमा पाण्डे,नारी जागरणका चुमा गुरुङ, लागायत स्थानिय संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रम क्लबका सह सचिव निर्मल भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको क्लबका अध्यक्ष दिवस थापाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्