लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौथो कालिका कप जारी :भलिवल, कबड्डी र एथ्लेटिक्सका विविध प्रतियोगीता सम्पन्न

tillotmacitynews - 2024 Dec 18 07:45 PM
IMG

तिलोत्तमा,पौष ३ गते। बुटवल उपमहानरपालिका वडा नम्बर १०मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत बुधार विभिन्न प्रतियोगीता सम्पन्न भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल, छात्र छात्रा कबड्डी प्रतियोगीताका विभिन्न चरण सम्पन्न भएका हुन ।भलिवल प्रतियोगीता तर्फ छात्रातर्फ पशुपती मावि र दिप बोडीङ्गका विचमा भएकोमा वाक ओभर पाएर दिप विजयी भएको छ । यस्तै नविन मावि र सिद्धार्थ बोडीङ्गको विचमा भएकोमा नविन मावि २–१ सेटले विजयी भएको छ ।यस्तै सगरमाथा मावि र कान्ती माविका विचमा भएको  प्रतियोगीतामा कान्ती मावि २ सेट पुरै जित्दै विजयी भएको छ ।  यस्तै बुद्ध पब्लिक ईंग्लिस बोर्डीङ्ग स्कुल र शंकर नगर दुगादत्त माविका विचमा भएकोमा २–० सेटले बुद्ध पब्लिक मावि विजयी भएको हो ।


यस्तै छात्र तर्फ ७ वटा  खेल भएका छन् । पहिलो कालिका मावि र क्यान ईग्लिस बोडीङ्गका विचमा भएकोमा २–० सेटले कालिका विजयी भएको छ । यस्तै नविन मावि र सगरमाथा बोडीङ्गका विचमा भएकोमा नविन २–० सेटले विजयी भएको छ । नयाँ गाउँ मावि र दिप बोडीङ्गका विचमा भएको खुलमा दिप मावि २–० सेटले विजयी भएको हो । यस्तै बुद्ध पब्लिक मावि र जनज्वोति माविका विचमा भएकोमा जनज्वोति मावि २–१ सेटले विजयी भएको हो । एभरेष्ट मावि र कान्ती माविका विचमा भएकोमा एभरेष्ट  मावि २ वटै सेट जित्दै  विजयी भएको छ ।  न्युहोराईजन मावि र सिद्धार्थ बोडिङ्गको विमा भएको प्रतियोगीतामा २ सेट जित्दै न्युहोराईजन विजयी भएको हो । यस्तै उजिरसिंह मावि र मणिमुकुन्द माविका विचमा भएकोमा मणिमुकुन्दले २ सेट पुरै जित्दै विजयी भएको हो । 


१५०० मिटर दोडमा न्यु होराईजन माविका आयुष थारु प्रथम भएका छन् ।यस्तै छात्रा तर्फ पशुपती माविका चाँदनी पासी प्रथम भएकी हुन ।यस्तै १०० मिटर दौडमा छात्र तर्फ जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ कालिका मानवज्ञान माविका कृति पराजुली प्रथम भएकी  छिन् ।४वाई १०० मिटर रिल दौडमा छात्रा तर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । विद्यार्थीहरु कृति पराजुली, प्रीती थापा, प्रकृति घिमिरे, सृजना कडायतको समुह प्रथम भएको हो ।यस्तै छात्र तर्फ जनज्वोति माविका सुभम बमरेल, रजन डम्बरपाल, गंगा रजाली, अल्बीजी गुरुको समुह प्रथम भएको हो ।४०० मिटर दौडमा पशुपती माविका ठाकुर पाण्डे प्रथम भएका छन् । छात्रा तर्फ पशुपती माविकै करिस्मा सिंजाली प्रथम भएकी हुन ।यस्तै २०० मिटर दौडमा जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ गाग्री एकेडमीका नमिता भुषाल प्रथम भईन् ।८०० मिटर दौडमा न्यु होराईजन माविका आयुश थापरु प््रथम, छात्रा तर्फ कालिका मानवज्ञान माविका प्रकृति घिमिरे प्रथम भईन्।४ वाई ४०० रिले दौडमा पब्लिक माविका आस्थकुमार थारु, करण थारु, शिवमोहन यादव र हरि थारुको समुह प्रथम भएको छ । यस्तै छात्रा तर्फ पशुपती माविका पुजा चौधरी, अस्मिता थारु, करिस्मा सिंजाली, चादनी पासीको समुह प्रथम भएको हो ।


यस्तै कबड्डी तर्फ बुधार सम्पन्न प्रतियोगीतमा पहिलो खेलमा न्युहोराईजन र पशुपती माविका विचमा भएकोमा होराईजन वाक ओभर सहित विजयी भएको छ । यस्तै नविन औद्योगीक मावि र गाग्री एकेडमीको विचमा भएकोमा गाग्री एकेडमी विजयी भएको हो ।यस्तै अर्को पाचौ  प्रतिस्पार्धामा ईडन मावि र उजिर  सिंह माविका विचमा भएकोमा ईड्न मावि विजयी भएर अर्को चरणमा प्रवेश गरेको छ । बुधावार भएको छौठौ कबड्नी प्रतियोगीतामा जनज्वोति मावि र क्यान माविका विचमा  भएकोमा क्यानन मावि विजयी भएको छ । यस्तै एभरेष्ट मावि र बुद्ध पक्लिक माविका विचमा भएकोमा एभरेष्ट मावि वाक ओभरपाएर विजयी भएको हो ।


छात्रा कबड्डी तर्फ ईड्न मावि र पशुपती माविका विचमा भएकोमा वाक ओभर सहित ईड्न मावि विजयी भएको छ । यस्तै बुद्ध पब्लिक मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको हो ।कलिका मानवज्ञान मावि र मणिमुकुन्द माविमा विचमा  भएको प्रतियोगीतामा कालिका मानवज्ञान मावि विजयी भएको छ । केरवानी मावि र नविन औद्योगीक माविका विचमा भएको प्रतियोगीतामा नविन औद्योगीक मावि विजयी भएको हो । ईड्न मावि र होराईजन माविका विचमा भएको खेलमा होराईजन माविले वाक ओभर पाएर विजयी भएको छ ।


कमेन्ट गर्नुहोस्