लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छठसम्बन्धी गीत कि प्रसिद्ध भारतीय लाेकगायिका शारदा सिन्हाकाे निधन

IMG

तिलोत्तमा ,कार्तिक २२।छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ । भारतको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा उपचार गराइरहनुभएकी ७२ वर्षीया गायिका सिन्हाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् । उहाँले गाउनुभएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन् ।छठसम्बन्धी गीत गाएर चर्चित भएकी गायिकाको छठ पर्वकै समयमा निधन भएको हो ।

कमेन्ट गर्नुहोस्