
तिलोत्तमा, २०८१ भद्र २८ गते। कोड फर चेन्जले नेपालकै ठूलो सूचना प्रविधि क्षेत्रको ह्याकाथोनको रूपमा परिचित “कोडफेस्ट २०२४” को तेश्रो संस्करण आयोजना गर्न लागेको छ। कोडफेस्ट २०२४ ,असोज २-१३ (सेप्टेम्बर १८-२९ तारिख) प्रदेश स्तरमा र फाइनल नोभेम्बर १४, १५, १६ कार्तिक २९,३० र मङ्गसिर १ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।“कोडफेस्ट २०२४”मा सहभागी हुने विद्यार्थीहरूको समूहले दिगो विकासका सात वटा लक्ष्यहरूमा आधारित प्रविधिक समस्याहरूको समाधान विकास गर्नेछन्। कोडफेस्टमा गुड हेल्थ एण्ड वेल बीइङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटि, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड स्ट्रोङ्ग इन्स्टिच्युसनका क्षेत्रका चुनौतीहरुको समाधान निकाल्न विद्यार्थीहरूलाई प्रोत्साहित गरिनेछ।
ह्याकाथोनको पहिलो चरणमा गते सातै प्रदेशमा सेप्टेम्बर १८-२९ असोज २-१३ प्रतियोगिता हुनेछ, जसबाट २१ उत्कृष्ट टोलीहरू कार्तिक २९ देखि मङ्गसिर १ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय फाइनलका लागि छनोट गरिनेछन्। र फाइनलमा २१ टिमले प्रतिस्प्रधा गर्नेछन।प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थानमा आउने टिमहरूले क्रमशः २ लाख र १ लाख रुपैयाँ जित्नेछन्। साथै, पिपल्स च्वाइस अवार्ड अन्तर्गत ३० हजार रुपैयाँ नगद पुरस्कारका साथै विभिन्न ग्याजेट्स, स्मार्टफोन, र अन्य गिफ्ट ह्याम्पर्स पनि प्रदान गरिनेछ।
कोडफेस्ट २०२४ विद्यार्थीहरूका लागि आफ्नो प्रविधिक ज्ञानलाई प्रदर्शन गर्ने र करियर सम्बन्धी ज्ञान लिने सुनौलो अवसर हुने आयोजकले विश्वास लिएको छ। ह्याकाथोनमा विद्यार्थीहरूबाट प्रस्तुत हुने उत्कृष्ट व्यावहारिक आईडियाहरूलाई इनक्युबेसन वा लगानीको अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ। यसरी व्यवस्थित ढंगले आयोजना हुन लागेको कोडफेस्ट २०२४ ले आइटी र टेक्नोलोजी क्षेत्रमा इच्छुक विद्यार्थीहरूका लागि आफ्नो सिप र क्षमता प्रदर्शन गर्ने एक राष्ट्रिय स्तरको प्रोग्राम ल्याएर आउँदैछ। राजधानीमा मात्र सीमित नभएर प्रत्येक प्रदेशबाट विद्यार्थीहरूले सहभागी हुनसक्ने गरी आयोजना हुन लागेको यस कार्यक्रमले देशको प्रत्येक विद्यार्थीलाई समान अवसर दिने कोड फर चेन्जले विश्वास लिएको छ ।
कमेन्ट गर्नुहोस्