लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक महिना बन्द हुने तम्घास–रिडी सडक

tillotmacitynews - 2024 Apr 29 09:20 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १७ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक एक महिना बन्द हुने भएको छ। रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न लागिएकाले बन्द हुने भएको हो। सडक यही वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। 


अहिले उक्त सडकका केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न धमाधम भइरहेको छ। मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी–तम्घास सडक हुँदै तम्घास बुटवल दैनिक दर्जनौँ सवारी आवतजावत गर्ने गर्दछन्।  सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्