
तिलोत्तमा,२०८० चैत्र २४ गते।रुपन्देहीको तिलोत्तमामा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । तेस्रो एमजिके अन्तराष्ट्रिय कराते प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था जापान गोजिरियो डो मिसन एशोसियनस नेपालका केन्द्रिय प्रशिक्षक केबि रानाले बताउनुभयो।जापान गोजुरियो करांते डो मिसन संघ नेपालको आयोजनामा यही चैत्र २९ र ३० गते अन्तराष्ट्रिय स्तरको करांते प्रतियोगिता हुने भएको छ।
तिलोत्तमाको वडा नम्बर-९ स्थित बगैंचा होटलमा हुने सो कार्यक्रमको पुर्ण तयारी भैरहेको संस्थाका अध्यक्ष तथा फ़ाऊण्डर के बी राना (काजी)ले बताउनुभयो।एमजीके थर्ड इण्टरनेशनल करांते च्याम्पियनशिपको लागी इण्डिया,भुटान र नेपालका गरी साढे ३ सय देखि ४ सय जना सहभागी हुने आयोजकका तर्फबाट अध्यक्ष तथा फ़ाऊण्डर के बी राना (काजी)ले बताउनुभयो। उनले यस्तो खालको प्रतियोगिताले देशको खेलकुद क्षेत्रमा नयाँ आयाम ल्याउने र खेलाडी उत्पादनमा सहयोग पुग्ने हुनाले सबै सहयोगीहरुमा सहयोगका लागि अपिल समेत गरेका छन्।
प्रतियोगितामा करातेको काता र कुमूते विधामा खेल हुने आयोजकले जनाएका छन ।पहिलो एमजिके अन्तराष्ट्रिय कराते कोभिढ अगाडी र दोस्रो गत बर्ष रुपन्देहीको तिलोत्तमा नै भएको थियो । गत बर्ष नेपाल प्रथम, भुटान सेकेन्ड र भारत तेस्रो भएको थियो ।उक्त कार्यक्रमको लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर के.सीले बताए । राखेप रुपन्देहीका पुर्व अध्यक्ष समेत रहेका के.सीले प्रेम, अहिंसा कायम कराते खेलको महत्व अति हुनै बताए । उनले नेपालको परिप्रेक्ष्यमा गोजुरीयो कराते अत्यन्तै रहेको समेत बताए ।
प्रतियोगितामा विभिन्न तौल समूहको प्रतियोगिता हुने आयोजकले बताएका छन् । जुनियर तर्फ ९ बर्ष उमेर समूहको केटा र केटिको २० किलो तौल समूह, २५ किलो, २९ किलो र ३३ किलो तौल समूहबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १० देखि १७ वर्ष उमेर समूहमा केटाको ३५ केजि, ४० केजी, ४५ केजी, ५० केजि र ५५ केजी तौल समूहबीच प्रतिसपर्धा हुनेछ । यसैगरी केटी तर्फ ३५ केजी, ४० केजि, ४५ केजि, ५० केजि र ५५ केजि तौल समूहबीच प्रतिस्पर्धा हुने छ ।यसैगरी सिनियर तर्फ १८ बर्ष माथिको कुमूते र काता प्रतियोगिता हुने आयोजकले जनाएका छन् । केटाहरुको ५० केजि, ५५ केजि, ६० केजि, ६७ केजि, ७५ केजि र ८४ केजि तौल समूहमा प्रतिसपर्धा गराईनेछ । यसैगरी केटि तर्फ ४५ केजि, ५० केजि, ५५ केजि, ६१ केजि, ६८ केजि र ६८ केजि उमेर भन्दा बढीको समूहबीच प्रतिसपर्धा गराईने आयोजकले बताएका छन् ।
पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले २ दिनमा सबै उमेर समुहका खेल खेलाईने समेत बताएको छ।नेपाल कराते महासंघ संरक्षक तथा प्रशिक्षक भरत बहादुर केसी,सस्थापक केन्द्रिय सचिव खेमेन्द्र राना,स्वतन्त्र नागरिक समूहका केन्द्रिय अध्यक्ष, तथा सस्थापक सदस्य विश्वराज गुरुङ, लुम्बिनी प्रदेश सदस्य गिरि प्रसाद पुन लागयाताको उपस्थितिमा सतिस कुमार चौधरीले संचालन गरेका थिए।
कमेन्ट गर्नुहोस्